लक्ष्मी बैंकद्वारा माइ कार्ड आइडियाज प्रतियोगिताको विजेता घोषित

लक्ष्मी बैंकद्वारा माइ कार्ड आइडियाज प्रतियोगिताको विजेता घोषित

काठमाडौं : लक्ष्मी बैंकले सञ्चालन गरेको 'माई कार्ड आइडियाज 'नामक क्राउड सोर्सिङ्ग प्रतियोगिताको विजेताको घोषणा गरिएको छ।  बुधबार काठमाडौंमा आयोजित एक प्रेस सम्मेलनमार्फत डिजाइनर टीशा श्रेष्ठलाई उक्त प्रतियोगिताको विजेताका रुपमा घोषणा गरिएको हो ।

क्राउड सोर्सिङ्गको अवधारणाअन्तर्गत बैंकका ग्राहकको रचनात्मकतालाई उजागर गर्ने अवसर प्रदान गर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँ भीसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ यो प्रतियोगिता सञ्चालन गरिएको थियो।

क्राउड सोर्सिङ्गको अवधारणामा यस्तो प्रतियोगिता गर्ने लक्ष्मी बैंक पहिलो बैंक हो। साधारणतया क्राउड सोर्सिङ्ग भनेको जनसमुदायमाझ निश्चित कार्य आउट सोर्स गर्ने प्रक्रियालाई जनाउँछ। यस प्रतियोगिताअन्तर्गत नेपालका सातैवटा प्रदेशको विविध संस्कृति, सम्पदा र प्राकृतिक सुन्दरता झल्काउने अवधारणा सहितको बैंकको नयाँ भिसा कार्डको डिजाइन आव्हान गरिएको थियो । नयाँ भिसा कार्डले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्घनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

एक महिनासम्म चलेको यस प्रतियोगिताबाट प्राप्त डिजाइनबाट विज्ञ निर्णायकको समूहले टीशा श्रेष्ठको डिजाइनलाई उत्कृष्ट घोषित गरेको हो । विजेता टीशा श्रेष्ठले सातैवटा प्रदेशको कार्डको डिजाइन वापत ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन्। कार्यक्रममा विजेता डिजाइनको समेत अनावरण गरिएको थियो।

लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा  रहेको छ।११५ शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ्ग एजेन्ट छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.