आर्यघाटमा आन्दोलन, शव जलाउन नदिने चेतावनी
काठमाडौं : घाट सेवा केन्द्रका कर्मचारीले पशुपति आर्यघाटमा शव जलाउन नदिने भन्दै आन्दोलनको घोषणा गरेका छन्। सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीले आन्दोलन गरेको जनाएका छन्।
उनीहरुले बुधबार बिहानैदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको ब्यानर आर्यघाट क्षेत्रमा राखेका छन्।
शव जल्न बन्द हुने स्थिति आएपछि पशुपति क्षेत्र विकास कोष र आन्दोलनरत पक्षबीच वार्ता भइरहेको जनाइको छ।