उपनिर्वाचन : साझा पार्टीले कास्की २ मा रजनी केसीलाई उठाउने

उपनिर्वाचन : साझा पार्टीले कास्की २ मा रजनी केसीलाई उठाउने

पोखरा : कास्की क्षेत्र नम्बर-२ मा रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ। 

कार्तिक ५ र ६ गते पोखरामा बसेको पार्टी केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पोखरा महानगरपालिकाकी केसी साझा पार्टीकी केन्द्रीय हुन्। 

केसी गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासकको पदबाट राजीनामा दिएर साझा पार्टीमा प्रवेश गरेकी हुन्। कास्की क्षेत्र नम्बर-२ का सांसद तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि सांसद पद रिक्त छ। 

पाथिभराको दर्शन गरेर फर्किदै गरेका अधिकारी सवार हेलिकप्टर २०७५ फागुन १५ गते दुर्घटना हुँदा उनीसहित सातजनाको निधन भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.