एक्सन रुमबाटै प्रधानमन्त्रीले गरे राष्ट्रिय गौरवका योजनाको अनुगमन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका योजनाहरुको अनुगमन गरेका छन्। बुधबार प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रुमबाट आयोजनाको अनुगमन गरेका हुन्।
उनले आयोजनाका सम्बन्धित मन्त्रीहरुलाई सँगै राखेर आयोजनाको अवलोकन गरे। पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी विधुत योजना, भेरी-बवई डाइभर्सन, रानीजमरा, सिक्टा सिंचाई र पुष्पलाल लोकमार्गलगायत राष्ट्रिय गौरवका योजनाको अनुगमन प्रधानमन्त्रीले गरेको प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।
प्रधानमन्त्री ओली सम्बन्धित मन्त्रीहरुलाई साथै राखेर यतिखेर सिंहदरबारस्थित एक्सन रुमबाट पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी विधुत योजना, भेरी-बवई डाइभर्सन, रानीजमरा र सिक्टा सिंचाई, पुष्पलाल लोकमार्गलगायतका राष्ट्रिय गौरवका योजनाको अनुगमन गरिरहनु भएको छ। pic.twitter.com/Le7rf0mnBy
- Kundan Aryal (@TheRealKalamchi) October 23, 2019