‘महिला र गाउँलेलाई झम्टिने जनप्रतिनिधि नथुनेर कसलाई थुन्‍ने ?’

‘महिला र गाउँलेलाई झम्टिने जनप्रतिनिधि नथुनेर कसलाई थुन्‍ने ?’

काभ्रे : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधिकरण स्वीकार्य हुन नसक्ने बताएका छन्। नेताले गलत गरेका कारण कानुनी दायरामा ल्याएको प्रति लक्षित गर्दै उनले गलत गर्ने ढिला चाँडो कानुनी कठघरमा आउने प्रष्ट पारे।

‘जनप्रतिनिधिबाट जनताको सुरक्षा पाउनुपर्ने हो। तर जनप्रतिनिधि नै अपराध गर्छ भने जनताले के सोच्ने ?’, मन्त्री बास्कोटाले प्रश्न गर्दै भने,  ‘कसैले महिलालाई झम्टेको छ, कसैले गाउँलेलाई झम्टेको छ। यस्तालाई नथुने को थुन्ने। राजनीतिमा यस्तो हुन्छ ?’ 

बनेपामा आयोजित कार्यक्रममा बोल्दै उनले गलत गर्ने जनप्रतिनिधिलाई विधिअनुसार कारबाही हुने प्रष्ट पारे। ‘हामीले ल्याएको लोकतान्त्रिक विधिको शासन अनुसार कारबाही हुन्छ’, उनले भने, ‘हामी समुदायिक कामहरु गरौँ समुदाय सँगसँगै अघि बढाएर काम गरौँ। समुदायलाई मोबिलाइजेसन गरौँ।’ 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.