नेकपाका नेतामाथि विप्लव कार्यकर्ताको कुटपिट

नेकपाका नेतामाथि विप्लव कार्यकर्ताको कुटपिट

जाजरकोट : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरबहादुर सिंहमाथि जाजरकोटमा आक्रमण भएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले उनीहरुमाथि आक्रमण गरेका हुन्।  

बारेकोट गाउँपालिकामा पार्टीको कार्यक्रममा जाँदै गरेको अवस्थामा मंगलबार बेलुका उनीहरुमाथि आक्रमण भएको जाजरकोटले जनाएको छ। नेकपाका अनुसार लैखम नजिकैको भीरमा केन्द्रीय सदस्य आचार्य र प्रदेश समिति सदस्य सिंहमाथि आक्रमण भएको हो। 

प्रतिबन्धित नेकपाको वटालियन कमान्डर बताउने अर्जुन नाम गरेका एक युवाको नेतृत्वमा आएको चारपाँच जनाको समूहले आफूलाई गाली गर्दै कुटपीट गरेको नेता सिंहले बताए। आक्रमणबाट घाइते भएर हिड्न नसक्ने भएपछि बारेकोटको कार्यक्रमसमेत स्थगित भएको छ। 

नेता आचार्य पूर्व एमालेको भातृ संगठन युवा संघ नेपालका महासचिवसमेत भइसकेका छन्। सिंह पूर्वएमाले जाजरकोटका अध्यक्षसमेत रहिसकेका नेता हुन्। घटना नियोजित जस्तो देखिएको सिंहले बताए। 

नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन्। पार्टीको काममा गाउँ जान लागेका नेतामाथि आक्रमण हुनु निकै दुखद भएको भन्दै उनले यस्ता घटना नदोहर्‍याउन सम्बन्धित पक्षलाई चेतावनीसमेत दिएका छन्। 

उता विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज प्रेमप्रकाश वली 'धमिल'ले आक्रमणको जिम्मा पार्टीले लिएको बताएका छन्। पार्टीको निर्णय अनुसार नै उनीहरुमाथि आक्रमण भएको धामिलले बताए।  ‘हाम्रो पार्टीलाई प्रतिबन्ध लगाएपछि हामीले पनि सत्तारुढ दललाई गाpF जान नदिने निर्णय गरेका छौं, गाउँ नजान सामान्य चेतावनी दिँदै उनीहरुलाई फर्काएका हौं’, उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.