उपकुलपति दाबी गर्न सार्वजनिक आह्वान

उपकुलपति दाबी गर्न सार्वजनिक आह्वान

काठमाडौं : सरकारले तीनवटा विश्वविद्यालयमा प्रतिस्पर्धा गरेर उपकुलपति नियुक्त गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार उपकुलपतिका लागि योग्य व्यक्तिलाई व्यक्तिगत विवरण पेश गर्न आह्वान गरेको हो।

उपकुलपति रिक्त रहेको पूर्वाञ्चल, कृषि तथा वन र नेपाल संस्कृत विश्वविद्यालयमा प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको छ। यसरी विवरण पेश गरेका व्यक्तिको योग्यता र क्षमताको आधारमा सम्भावित व्यक्तिको नाम उपकुलपति नियुक्तिका लागि विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस गरिने मन्त्रालयले जनाएको छ।

तीनै वटा विश्वविद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने कानुनी व्यवस्था छ। उपकुलपति दाबी गर्ने व्यक्तिले सात दिनभित्रमा विवरण पेश गर्न मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले नेपाल संस्कृत र पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष र सदस्यमा नियुक्तिका लागि पनि व्यक्तिगत विवरण पेश गर्न आह्वान गरेको छ। यसरी आह्वान गर्ने व्यक्तिहरुमध्येबाट आन्तरिक रोष्टर तयार भएपछि सम्भावित व्यक्तिलाई उपकुलपति तथा सेवा आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरिनेछ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.