कांग्रेस नेता भन्छन् : चिनियाँ कम्युनिस्ट शासन ल्याउने षड्यन्त्र भइरहेको छ

कांग्रेस नेता भन्छन् : चिनियाँ कम्युनिस्ट शासन ल्याउने षड्यन्त्र भइरहेको छ

वीरगन्ज : नेपालमा चिनियाँ कम्युनिस्ट शासन सत्ता ल्याउने षड्यन्त्र भइरहेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन्। केही समय यता नेपालमा चिनियाँ कम्युनिस्ट नेताहरुको गतिविधी बढेको बताएका हुन्। 

दिपावली र छठ पर्वको अवसरमा बुधबार वीरगन्जमा आयोजित शुभाकमना आदान प्रदान एंव क्षेत्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजय चौरसीयाले यस्तो बताएका हुन्। 

‘चिनियाँ राष्ट्रपति सी आउनुअघि भएका अन्तक्र्रियामा चीनको जस्तै नेपालमा पनि निर्वाचन नगर्ने कम्युनिस्ट शासन सत्ता ल्याउने विषयमा छलफल भएको छ’, उनले भने,‘चिनियाँ सरकारको प्रभावमा परेर नेपाल सरकारले नेपाल र भारतबीचको खुल्ला सीमा बन्द गर्ने योजना पनि बनाइरहेको छ।’ 

अहिलेको कम्युनिस्ट सरकार र नेकपा, लोकतान्त्रिक संविधानलाई संशोधन गरेर चीनको जस्तो कम्युनिस्ट संविधान बनाउने प्रयासमा लागि सकेको चौरसीयाले आरोप लगाए। ‘कम्युनिस्टहरुको यो मनशाय कांग्रेसले पुरा हुन दिँदैन’, उनले भने,‘त्यसका लागि कांग्रेस जस्तो सुकै बलिदानी दिन तयार छ, छठ लगत्तै आन्दोलनको तयारीमा कांग्रेस जुट्छ।‘ 

 मधेसी जनतालाई मधेसी दलले धोका दिएको आरोपसमेत उनले लगाए। मधेस र मधेसीको नाममा आन्दोलन गरेका दुई मधेसी दलले सत्तामा पुगेपछि भने मधेसको एजेण्डा बिर्सिएको चौरसीयाले आरोप लगाए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.