प्रधानमन्त्री अजरबैजान प्रस्थान

प्रधानमन्त्री अजरबैजान प्रस्थान

काठमाडौं : प्रधानमन्त्री केपी ओली अजरबैजान प्रस्थान गरेका छन्।प्रधानमन्त्री असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ लागेका हुन्। उनी बिहान करिब १२ बजेतिर त्रिभुवन विमानस्थलबाट अरजबैजान  प्रस्थान गएका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि अरजबैजान गएकी छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा तथा नेकपाका महासचिव विष्णु पौडेलले बिदाइ गरे।

भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग प्रधानमन्त्रीको अजरबैजानको राजधानी बाकुमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। त्यसको साइडलाइनमा भेनेजुयलाका कम्युनिस्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्नेछन्।

नाम सम्मेलन साइडलाइनमा भेनेजुयलाकै आग्रहमा प्रधानमन्त्री ओलीले मडुरोलाई भेट्नेछन्। मडुरो नामको वर्तमान अध्यक्ष हुन्। ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम छ। 

ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनकाई नायडुलगायतसँग भेटघाट गर्नेछन्। सम्मेलनमा भारतले आलंकारिक उपराष्ट्रपतिलाई सहभागी गराएर असंलग्न आन्दोलनको महत्त्वबाट बाहिर रहन खाजेको सन्देश दिएको छ।

१७ औं शिखर सम्मेलनमा पनि भारतले उपराष्ट्रपति नै पठाएको थियो। यो सम्मेलनमा नेपालबाट उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका थिए। शिखर सम्मेलनमा ओलीले शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ। नेपालको कूटनीतिक पाटोको मुख्य अंशका रूपमा रहेको असंलग्नताको अपरिहार्यता रहेको भन्दै प्रधानमन्त्री अजरबैजानको बाकु जान लागेका हुन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्रसचिव शंकरदास बैरागी जापानबाटै बाकु गएका छन्। असंलग्न मुलुकबीच द्वन्द्व चर्किरहेको विषयलाई नेपालले जोड दिँदै सहकार्य नै विकासको पहिलो कदम भनेको छ। भ्रमण सकेर प्रधामन्त्री कार्त्तिक २० गते स्वदेश फर्कनेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.