कालिकोटमा फस्टाउँदै स्याउ खेती

कालिकोटमा फस्टाउँदै स्याउ खेती

कालीकोट : पछिल्लो समय जिल्लामा स्याउ खेती फस्टाउँदै गएको छ । स्याउको राजधानीका रुपमा चिनिएको जुम्ला जिल्लाको सीमानासँग जोडिएका फोइमहादेव, चिल्खाया, राचुलीबाट सुरुवात भएको स्याउ खेती पछिल्लो समय जिल्लाभरी फैलिएको छ । परम्परागत अन्नबालीभन्दा स्याउ खेतीबाट थोरै लगानीमा बढी आम्दानी लिन सकिने भएपछि स्थानीय किसानको सक्रियतामा जिल्लामा स्याउ खेती फस्टाउँदै गएको हो । 

विगत १० वर्षदेखि स्याउ खेती गर्दै आएका जिल्लाको तिलागुफा नगरपालिका चिल्खायाका अगुवा कृषक टेकबहादुर शाहीको मात्र एक हजार स्याउका बिरुवा फल्न थालेका छन् । उनको बगैचामा वर्षेनी करिब १० टन बराबरको स्याउ उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०७०÷०७१ को वैशाखमा काठमाडौको भृकुटिमण्डपमा सम्पन्न राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी रजत महोत्सवमा नेपालकै तेस्रो कृषकका रुपमा पुरस्कृत भएका कृषक शाहीले स्याउ, सिमी, आलुलगायतका फलफूल तथा तरकारी खेती गर्दै आएका छन् । उनले स्याउ आम्दानीले परिवारको खर्च चलाउने, छोरा छोरी पढाउने देखि ५० लाखको आफ्नो जीवन बिमा गरेको बताए । स्याउ बेचेरै वार्षिक रुपमा १० लाख बढी आम्दानी लिने गरेको उनको भनाई छ । 

उनले भने, 'स्याउ बिक्री वितरणका लागि भदौमा पूर्णरुपमा उपयुक्त हुन्छ तर अहिले पनि बगैचामा स्याउ लटरम्मै फलेका छन् । बजारीकरण गर्न समस्याले वन्यजन्तु र पशुपंक्षीले खाँदै आएका छन्। स्याउ बगैचादेखि जुम्ला सुर्खेत राजमार्गअन्तर्गत पर्ने धनाडामा पुगाउन ५ घण्टाको पैदल यात्रा गर्नुपर्छ ।

गाउँमै यातायात सेवा विस्तार भएमा स्याउबाटै लाखौको आम्दानी हुने पक्‍का छ । गाउँमा यातायात सेवा विस्तार नहुँदा समस्या आएको छ । उनले भने, 'बगैचामा फलेको स्याउ बजारमा लिन नसक्दा वर्षेनी धेरै स्याउ कुहिएर खेर फालिरहेका छौँ । स्याउको व्यवसायिक खेती गरिरहेका अगुवा कृषक शाहीले मात्र चिलखायाको भट्टाडिमा १ हजार ८ सय ५० स्याउका विरुवा रोपेका छन् । 

जसमा एक हजार विरुवाले फल दिनथालेका छन्। चिल्खायामा मात्र १ सय ५० भन्दा बढी कृषक स्याउको व्यवसायिक खेती तर्फ उन्मूख भई एक हजार भन्दा माथि विरुवाका बगैचा निर्माण गरेका छन्।

जिल्लाको तिलागुफा र रास्कोट नगरपालिका स्याउ उत्पालनका केन्द्रका रुपमा चिनिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले जिल्लाको रास्कोट नगरपालिकामा स्याउ जोन कार्यक्रम पनि लागु गरेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र कालिकोटका अनुसार जिल्लाका चिल्खाया, फोइमहादेव, राचुलली, पाँखा, दाँहाँ, कालिका, सुकाटिया, स्यूना, सीपखाना र फुकोट गरी ८वटा गाउँमा स्थानीय किसानले व्यवसायिक स्याउ खेती गर्दै आएका छन् ।

जिल्लामा ग्रामीण कृषि सडक विस्तार नभएका कारणले स्थानीय कृषिले उत्पादित वस्तु बजारसम्म ल्याउनका लागि सास्ती खेपिरहेका छन् । जिल्लाको भौगोलिक बिकटताका साथै पूर्वाधार विकास न्यून भएका कारण कृषकले यस्तो समस्या खेप्न बाध्य भएका छन् । हाल स्थानीय सरकारले ग्रामीण सडक निर्माणलाई पहिलो प्राथमिक्ता दिएपनि अपेक्षित उपलब्धि हाँसिल गर्न सकिरहेका छन् । बनेका सडकहरुमा पनि गाडी गुड्न सक्ने अवस्था छैन्। 

जिल्लाको रास्कोट नगरपालिका प्रमुख कासीचन्द्र बरालले रास्कोटमा लागु भएको स्याउ जोन कार्यक्रममार्फत रास्कोटका हरेक घरधुरीलाई न्यूनतम एक सय स्याउका बिरुवा रोप्न लगाइएको बताए । उनले भने, 'रास्कोटको सिप्टीमा स्याउ उत्पादनमा लागि प्रचुर सम्भावना छ । त्यहाँ यातायात सेवा पुर्‍याउनका लागि सडक निर्माण कार्यलाई पनि तीव्रता दिएका छौँ ।'

अबको केही महिनाभित्र सिप्प्टीमा गाडी पुगाउँछौँ। रास्कोट नगरपालिकालाई फलफूल र तरकारीमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ । उनका अनुसार सिप्टीमा हाल रास्कोट नगरपालिका भित्रका ३ सय भन्दा बढी किसानले स्याउ खेती गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.