हिम चितुवा सम्मेलनमा मन्त्री बस्नेत

हिम चितुवा सम्मेलनमा मन्त्री बस्नेत

नयाँदिल्ली : वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले हिम चितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताएका छन्। 

भारतको राजधानी नयाँदिल्लीमा जारी ‘ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन (जीएसएलपी) को चौंथो स्थायी समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले  हिमचितुवा संरक्षण प्रमुख कार्यमध्येको एक भएको समेत स्पष्ट पारे । 

हिमचितुवा संरक्षणका लागि बासस्थान र आहारको अभाव तथा मानव वन्यजन्तु द्वन्द्व सबैभन्दा चुनौतीका रुपमा  देखा परेको उनले बताए । 

सरकार एक्लैको प्रयास सार्थक नहुने निष्कर्षसहित नेपालले हिम चितुवा संरक्षणका लागि स्थानीय समुदाय र त्यसमा पनि युवालाई एक हिस्सा बनाएको भन्दै उहाँले त्यो उपाय प्रभावकारी देखिएको अनुभव सुनाए । 

नेपालले १२ वटा संरक्षण क्षेत्रसमेत घोषणा गरिएको जानकारी पनि उनले दिए । नेपालले स्थानीय समुदायका अतिरिक्त संरक्षणमा सक्रिय निजी क्षेत्र तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यलाई अझै फराकिलो पार्न चाहेको मन्त्री बस्नेतले स्पष्ट पारे । 

उनले हिमचितुवाका अंगको अवैध निकासी रोक्न क्षेत्रीय संयन्त्र निर्माण गरिनुपर्ने प्रस्ताव राखे । नेपालले हिमचितुवाको सिकार, अवैध निकासी तथा अंगको व्यापारमा कडाई गरेको उल्लेख गरे । मन्त्री बस्नेतले नेपाललले आगामी सन्–२०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले नेपाल आउन पनि सहभागीलाई निम्ता दिए । 

बैठकमा हिमचितुवा पाइने मुलुक नेपालसहित चीन, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, काजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान मंगोलिया र रुसका प्रतिनिधि सहभागी थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.