लक्ष्मी बैंकको ११६औं शाखा तहाचलमा
काठमडौं : लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११६औं शाखा काठमाडौंको ताहाचलमा संचालनमा ल्याएको छ। शाखामार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तिय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११६शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ्ग एजेन्ट पुगेको छ।
शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जा, लघुवित्तलगायतका वित्तीय सेवाको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा बजारमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ।
यो शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाईको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ्ग सेवा प्रादन गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।