विप्लवका कार्यकर्ताले जलाए प्रधानमन्त्रीको पुतला

विप्लवका कार्यकर्ताले जलाए प्रधानमन्त्रीको पुतला

कालिकोट : कालिकोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीको पुतला जलाएका छन्। पार्टीको केन्द्रीय समितिको निर्देशन अनुसार नेकपाका कार्यकर्ताले बिहीबार जिल्लाका विभिन्न ठाउँमा प्रधानमन्त्री ओलीको पुतला जलाएका हुन्। 

पार्टीको राप्ती ब्यूरोस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम चलिरहेको अवस्थामा दाङबाट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज ‘वीरजंङ’सहित २१ नेता कार्यकर्ता गिरफ्तार भएको विरोधमा विप्लवका कार्यकर्ताले प्रधानमन्त्रीको पुतला जलाएका हुन्। 

पार्टीको निर्देशन अनुसार नै बिहीबार जिल्लाका विभिन्न ठाउँमा प्रधानमन्त्रीको पुतला जलाएको नेकपा जिल्ला सेक्रेटरी मनिलाल ऐडी ‘रणदीप’ले जानकारी दिए। 

जिल्लाको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री ओलीको पुतला जलाएपछि आयोजित सभामा जिल्ला सेक्रेटरी ऐडीले सरकार जनता लुट्नका लागि विदेशीको गुलाम बनेको आरोप लगाए। उनले गिरफ्तारीको विरोधमा पुतला जलाएको प्रष्ट पारे। 

सत्तापक्षका नेता कार्यकर्तालाई गाउँ प्रवेशमा रोक 
विप्लव नेतृत्वको नेकपाले सरकारले जारी राखेको गिरफ्तारीको विरोधमा सत्तापक्ष नेतालाई गाउँ प्रवेशमा रोक लगाउने चेतावनी दिएको छ। 

पक्राउ परेका नेता तथा कार्यकर्तालाई बिना सर्त रिहा नगरे सत्ताधारी पार्टीका नेता तथा कार्यकर्तालाई गाउँ प्रववेशमा प्रतिबन्ध लगाउने चेतावनी रणदीपले दिए। 

विप्लव नेतृत्वको नेकपा कालिकोटका इन्चार्ज कर्णबहादुर भण्डारी ‘बिराड’ले दाङको राजपुरबाट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगसहित अन्य नेता तथा कार्यकर्तालाई बिना सर्त रिहा नगरे सत्ताधारी नेकपाका नेता तथा कार्यकर्तालाई गाउँमा प्रवेश गर्न नदिने बताए। 

उनले गैर न्यायिक ढंगले सरकारले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेर क्रान्तिलाई रोक्न खोजेको आरोप लगाए। 
विप्लव नेतृत्वको नेकपा निकट दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य साहासीले सरकारले जनतामा समृद्धिको नारा दिएर संवैैधानिक रुपमा लुट्तन्त्र चलाइरहेको बताए।

उनले पार्टीले जनताका पक्षमा बोल्दा प्रतिबन्ध खेप्नु परेको बताए। गाँउमा आएका भनिएका प्रतिनिधि पुरै भ्रष्टाचारमा लिप्त भएको आरोप उनको छ। 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.