एनसेलको तिहार अफरः चार गुणा बढी फोरजी डेटा बोनस
काठमाडौं : एनसेलले तिहार र छठ पर्वको अवसर पारेर ग्राहकका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस अन्र्तगत ग्राहकले चार गुणा बढी डेटाको फाइदा लिन सक्नेछन्। यो अफर बिहीबार (कार्तिक ८) बाट लागू भई १५ दिन सम्मका लागि संचालनमा रहने छ । अफरअन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डेटा प्याक खरिद गर्ने ग्राकहले चार गुणा बढी डेटा भोल्युमको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।
कर बाहेक १५ (कर सहित १९.१५) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा गरी ३०० डेटा पाउनेछन्। त्यसैगरी कर बाहेक ७५ (कर सहित ९७.७७) शुल्कमा आउने ५०० एमबीको खरिदमा थप १५०० एमबी फोरजी डेटा बोनससहित २००० एमबी डेटा पाउन सक्नेछन् ।
ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्नेछन् । यस अफरअन्तर्गत पाइने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानमा चलाउन सक्नेछन्।
चाडपर्वको अवसरमा संचालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्न र आफन्त, परिवारजन र साथीभाइबीच सम्पर्कमा रहि रहन, शुभकामना आदान प्रदान तथा खुसी साटासाट गर्न मद्द पुर्याउने विश्वास एनसेलले लिएको छ।
यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफूलाई नजिकै पर्ने एनसेल सेन्टरमा गई आफ्नो सिमलाई फोरजी सिम अर्थात् युसिम सँग साट्न सक्नेछन् ।यसका लागि १ शुल्क लाग्छ । यस प्रक्रियामार्फत यु सिम लिने ग्राहकले सात दिनको समयसीमा रहेको एक जिबी डेटा पनि पाउनेछन् । यो डेटा दिनको समयमा अर्थात् बिहान ५ देखि साँझ ५ बजेसम्म रहनेछ। युसिम लिएपछि ग्राहकले एष्ट्रिक्स ३२४ ह्यास डायल गर्न सक्छन् र फोरजी सेवाको फाइदा लिन सक्छन्।