लघुवित्त वित्तीय संस्थाका कर्मचारी लुटिए
मलंगवा : सर्लाहीको कविलासी नगरपालिका गैर बजारमा रहेको एक लघुवित्त वित्तीय संस्थाका कर्मचारी लुटिएका छन् । कविलासी नगरपालिका ३ वीरनगराबाट समूहको मासिक बैठकबाट रकम उठाएर फर्किँदै गरेकी ग्रामीण सिर्सियास्थित ढंग्रा खोलाको पुल नजिकै स्वयंसेवक लघुवित्त वित्तीय संस्था गैर शाखाकी कर्मचारी रामपरी महतोको साथबाट ७७ हजार ६ सय ५० रुपैयाँ लुटेराले लुटेर फरार भएको प्रहरीले जनाएको छ।
कविलासी नगरपालिका ७ स्थित एकान्त स्थानमा नम्बर नखुलेको भारतीय नम्बरको पल्सर मोटरसाइकल चढेर आएका दुई जनाले महतोको स्कुटर रोकी लुटपाट गरेको प्रहरीले जनाएको छ।रकम लुटेर फरार रहेका उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक रमेश पालले जानकारी दिए।