सुवेदी सचिवमा बढुवा
काठमाडौं : गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदी विशिष्ट श्रेणी (सचिव)मा बढुवा भएका छन्।
मन्त्रिपरिषद् बैठकले गृह प्रवक्ता सुवेदीलाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सुवेदीलाई सचिवमा बढुवा गरिएको जानकारी दिए।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षताको सचिव वढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि सुवेदीसहित बालकृष्ण घिमिरे र दिनेश भट्टराईलाई सिफारिस गरेको थियो।
सिफारिस सूचीमा १ नम्बरमा रहेका सुवेदीलाई सरकारले सचिवमा बढुवा गरेको हो। अर्थ मन्त्रालयका सचिव लालशंशर घिमिरे सेवा निवृत भएपछि सचिवको एक पद खाली थियो।