पूर्वसभामुख महराको तिहार पनि हिरासतमै
काठमाडौं : दसैं अगाडि यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा तिहारमा पनि हिरासतमै बस्ने भएका छन्। बिहीबार थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमती दिएपछि महराको तिहार पनि हिरासतमै हुने भएको हो।
काठमाडौं जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय अपराध महाशाखालाई अनुमती दिएको हो।
संसद् सचिवालयकी कर्मचारीलाई यौन दुव्र्यवहार गरेको जाहेरीका आधारमा महरालाई गत असोज १९ गते सभामुख निवास वालुवाटारबाट प्रहरीले पक्राउ गरेको थियो।
महरा यसअघि अदालतको आदेश अनुरुप १८ दिन प्रहरी हिरासतमा बसिसकेका छन्। अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले महरालाई बिहीबार पुनः अदालतमा उपस्थित गराएको थियो।
अदालतले सात दिनको थुना अनुमती दिएपछि महराको तिहार पनि हिरासतमै बित्ने भएको छ। दशैंमा पनि उनी हिरासतमै थिए।