तिहारको खर्च : २ अर्बको मसला र बत्ती आयात

तिहारको खर्च : २ अर्बको मसला र बत्ती आयात

काठमाडौं : दुई महिनाको अवधिमा डेढ अर्ब मूल्य बराबरको भाइमसला आयात भएको छ। यसबाहेक तिहारमा घर झिलिमिली बनाउन ६१ करोडको बत्ती पनि आयात भएको छ। दुवै गरी दुई अर्ब ८ करोड रुपैयाँको आयात भएको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) का अनुसार साउन र भदौमा ती दुवै वस्तु आयात गर्न दुई अर्बभन्दा बढी रुपैयाँ बाहिरिएको छ। टीईपीसीका वरिष्ठ अधिकृत कृष्णराज बजगाईका अनुसार भारत, भियतनाम, अमेरिका, चीन, चिली, इण्डोनेसिया, मलेसिया, थाइल्यान्ड, पाकिस्तान, भुटान, ग्वाटेमालालगायत मुलुकबाट एक अर्ब ४६ करोड ८३ लाख रुपैयाँबराबरको विभिन्न प्रकारका भाइमसला आयात भएको हो। यी मुलुकबाट काजु, किसमिस, पेस्ता, अलमन्ड बदाम, नरिबल, छोकरा, सुपारी, मखानलगायत मसला आयात भएको छ।

‘स्वदेशमै यस्ता मसलाको उत्पादनमा नहुँदा चाडवाडमा प्रयोग हुने वस्तु पनि विभिन्न मुलुकबाट आयात हुँदै आएको छ’, बजगाईले भने। सामान्य दिनभन्दा भाइ टिकामा भाइमसलाको अत्यधिक प्रयोग हुन्छ। टीईपीसीका अनुसार अघिल्लो आर्थिक वर्षमा वर्षभर गरी चार अर्ब ६० करोड ६४ लाख रुपैयाँबराबरको भाइमसला आयात भएको थियो। गत वर्षको तथ्यांकलाई विश्लेषण गर्दा वर्षभरमा खपत हुने भाइमसलाको कुल हिस्सामध्ये एक हिस्साभन्दा बढी तिहारको समयमा खपत हुने गरेको छ।

यस्तै चालु आर्थिक वर्षको दुई महिनामा ६१ करोड ५५ लाख रुपैयाँबराबरको विभिन्न प्रकारका झिलिमिली बत्ती आयात भएको छ। बत्ती सबैभन्दा बढी चीनबाट आयात भएको छ।

चीनबाहेक जापान, भारत, थाइल्यान्ड, यूके, कोरिया, मलेसिया, ताइवान, क्यानाडा, अमेरिका, फ्रान्स, जर्मनी, स्वीडेन, अस्ट्रेलियालगायत मुलुकबाट यस्ता झिलिमिली बत्ती आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा वर्षभरमा ६१ करोड ५५ लाख रुपैयाँबराबरको यस्ता बत्ती आयात गरिएको थियो।

नेपाल खुद्रा व्यापार संघका अनुसार तिहारको समयमा भाइमसलाको कारोबार उच्च हुन्छ। संघका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्लो समय भाइमसलाको प्रयोग अन्य समुदायले पनि गर्न थालेकाले यसको खपत वृद्धि भएको छ। पहिले नेवार समुदायमा मात्रै यस्ता मसलाको भाइटिका र बिहेमा प्रयोग हुन्थ्यो। अहिले नेवार समुदायबाहेक अन्य समुदायले पनि फलफूलका साथै भाइमसलाको प्रयोग गर्न थालेका छन्।

संघका अनुसार यो वर्ष भाइमसलाको दुई प्रकारको मूल्य तय गरिएको छ। यो वर्ष प्रतिकिलो काजुलाई एक हजार पाँच सय ५० देखि एक हजार सात सय रुपैयाँ तोकिएको छ। बोक्रासहितको सानो र ठूलो आकार भएको काजुलाई एक हजार पाँच सय ५० र ठूलो आकारको सफा भएको काजुलाई एक हजार सात सय रुपैयाँ तोकिएको छ। यस्तै सानोठूलो र बोक्रा भएको ओखरलाई ६ सय २० रुपैयाँ तथा ठूलो आकारको राम्रो ओखरलाई सात सय रुपैयाँ तोकिएको छ।

सानो ठूलो भएको अलमन्ड बदामलाई एक हजार तीन सय ५० र राम्रो दाना भएको अलमन्डलाई एक हजार पाँच सय रुपैयाँ तोकिएको छ। सानो आकारको पेस्तालाई एक हजार सात सय र राम्रो तथा ठूलो दाना भएको पेस्तालाई एक हजार नौ सय मूल्य तोकिएको छ। त्यस्तै हरियो र पहेलो रंगजस्तो देखिने किसमिसलाई पाँच सय र कालो राम्रो दाना भएको किसमिसलाई ६ सय ५० रुपैयाँ तोकिएको छ। यस्तै कालो रंगको राम्रो दाना भएको छोकरालाई दुई सय २० र राम्रो दाना भएको नरिवललाई प्रतिकिलो पाँच सय रुपैयाँ मूल्य तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.