सिरहाबाट उद्धार गरेको भालु भारत पठाइने
काठमाडौं : स्नेहाज केयरले सिरहाबाट उद्दार गरेर ल्याएको भालु भारत पठाउने तयारी गरेको छ। भालु असोज २२ गते सिराहबाट उद्दार गरी ल्याएको स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन्।उनले बिहीबार पत्रकार सम्मेलनमा भालु भारत पठाउन लागेको जानकारी गराएकी हुन्।
सिराहमा अपरिचित व्यक्तिले भालु नचाइरहेको छ भन्ने जानकारी मिलेपछि स्नेहाजको टोली त्यहाँ पुगेको थियो।भालुको उद्दार गरिएको भएपनि लुकीछिपी भालु नचाउँदै हिँड्ने व्यक्ति भने फरार रहेको स्नेहाजले जनाएको छ।
'अति दु:ख दिएर राखेको रहेछ,' श्रेष्ठले भनिन,' तालिम दिँदा धेरै यातना दिएको रहेछ। भालुको मुख बाँधेर नचाउने र नाकको डाँडीबाट डोरी छिराएर त्यसैले नियन्त्रण गर्दै आएको रहेछ।'
श्रेष्ठका अनुसार भालुले प्रहरी भाग्दै गरेको, पिठो मुछ्दै गरेको र रक्सी पिएको नक्कल गर्छ। अहिले स्नेहाजले भालुको नाकमा लगाएको डोरी काटि दिएको छ।निकै आक्रामक देखिने धुत्रु नामको भालु सदर चिडियाखानामा केही दिन राखेको र अब भारत पठाउने तयारी भइरहेको उनले जानकारी दिइन्।