हराएको पाँच दिनपछि बालकको शव भेटियो
डोल्पा : डोल्पाको ठुलीभेरी नदीमा एक बालकको शव फेला परेको छ।जुम्ला जिल्ला पातारासि गाउँपालिका ६ घरभई हाल ठुलीभेरी नगरपालिका ३ अन्तर्गत दुनैमा बस्दै आएका १२ वर्षीय विपिन महताराको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
मृतक महताराको शव ठुलिभेरी नगरपालिका ९ मा पर्ने मोतिपुर आसपासमा भेटिएको प्रहरीले जनाएको हो । उनी हराएको पाँच दिनपछि नदीमा शव फेला परेको हो।
दुनै बोर्डिङ स्कुलमा पढ्दै आएका महताराको मानसिक रोगी भएको बताइएको छ।मृतक महताराको शव आजै परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ।