पूर्वाधार विकास पहिलो रोजाइ
नगरको सबैभन्दा ठूलो समस्या ढल भएकाले यसको निकासका लागि ५ देखि ९ नम्बर वडासम्म तीन अर्ब बराबरको डीपीआर तयार भइसकेको छ। ४ वडामा १२ करोडको काम सकिएको छ। महालक्ष्मी नगरपालिकाले ढल व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार (आईएसओ स्ट्यान्डर्ड) को ट्रिटमेन्ट प्लान्ट बनाउने तयारी गरेको छ। यसका लागि उपत्यका खानेपानी बोर्डको लगानी हुनेछ भने नगरपालिकाले जग्गा प्रदान गर्नेछ। यसमा बिलगेट्स फाउन्डेसनको आर्थिक सहयोग र इन्फोको प्राविधिक सहयोग छ। यसले ढलको उचित व्यवस्थापन गर्न सहयोग गर्नेछलगायत विषयको जानकारी दिँदै नगरलाई हरित नगरपालिका बनाउने तयारीमा रहेको बताउँछन् महालक्ष्मी नगर प्रमुख रामेश्वर श्रेष्ठ। उनका अनुसार किष्ट अस्पतालसँगको समझदारीमा नगरवासीको स्वास्थ्योपचारका लागि १५ प्रतिशत छुटको व्यवस्था भयो भने ज्येष्ठ नागरिक र अशक्तलाई घरमा पुगेरै जाँच्ने व्यवस्था गरेको छ। यिनै विषयमा सम्बन्धित रहेर महालक्ष्मी नगर प्रमुखसँग अन्नपूर्णकर्मी नितु घलेले गरेको कुराकानी :
तपाईं निर्वाचित भएपछि गर्नुभएका मुख्य-मुख्य काम के-के हुन् ?
पूर्वाधार विकास निर्माणलाई प्राथमिकताका राखिएको छ। जसमध्ये शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा परेका छन्। त्यसपछि ढल, खानेपानी र सडक निर्माणमा जोड दिएका छौं। स्वस्थ नगर बनाउने अवधारणाअनुरूप योजना बनेका छन्। खानेपानी समस्या दीर्घकालीन रूपमा समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना अगाडि सारिएको छ।
उपत्यकाका सबै नगरपालिकाभित्र काठमाडौं उपत्यका खानेपानी बोर्डको कार्यक्षेत्र परे पनि महालक्ष्मी नगरपालिका परेको थिएन। यस नगरलाई पनि खानेपानी व्यवस्थापन बोर्ड (केयूकेएल) को कार्यक्षेत्रभित्र राख्न सफल भएँ। इमाडोलमा मेलम्चीको पानी भिœयाउन १, २, ३, ४ र ५ वडामा मेलम्चीको पानी ल्याउने काम भइरहेको छ। उपत्यका खानेपानी विकास बोर्डसँगको सहकार्यमा १६ वटा डिप बोरिङ बनाउन थालिएको छ।
सडक निर्माणमा के-कस्ता पहल गर्नुभयो ?
- लाँकुरीभञ्याङको पर्यटकीय विकास प्रवद्र्धन गर्ने अभिप्रायले ढुंगिनदेखि मानेदोभानसम्मका सडक निर्माणका लागि ८९ करोडको डीपीआर बनिसकेको छ। अन्य ठाउँका साना सडक अर्को वर्षसम्म सम्पन्न गर्ने योजनामा दृढ छु।
नगरको ढल निर्माण कार्य कहाँ पुग्यो ?
ढलको समस्याका लागि ५ देखि ९ वडामा तीन अर्ब रुपैयाँ बराबरको डीपीआर तयार भइसकेको छ। ४ नम्बर वडामा १२ करोडको काम सकिएको छ। महालक्ष्मी नगरपालिकाले ढलको व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार (आईएसओ स्ट्यान्डर्ड) को ट्रिटमेन्ट प्लान्ट बनाउने तयारी छ। उपत्यका खानेपानी बोर्डको लगानी हुनेछ भने नगरपालिकाले जग्गा प्रदान गर्नेछ। यसमा बिल गेट्स फाउन्डेसनको आर्थिक सहयोग र इन्फोको प्राविधिक सहयोग छ। यसले ढलको उचित व्यवस्थापन गर्न सहयोग गर्नेछ। हामी हाम्रो नगरपालिकालाई हरित नगरपालिका बनाउने तयारीमा छौं।
यहाँले आफ्नो नगरलाई स्वस्थ नगर बनाउने भन्नुभयो। यसका लागि के-कस्ता काम भएका छन् ?
- स्वस्थ नगर बनाउन सबैभन्दा पहिले सरसफाइमा ध्यान दिनुपर्छ। हरेक वडामा सरसफाइ सचेतना कार्यक्रम चलायौं। खानेपानीको मुहान सफा राख्न चेतनामूलक कार्यक्रम गर्याँै। घर-घरबाट संकलन हुने फोहोर कुहिने र नकुहिने गरी व्यवस्थापन गर्न सिकायौँ। प्रत्येक महिना स्कुल र वडामा स्वास्थ्य क्याम्प चलायौं। निःशुल्क स्यानिटरी प्याड वितरण गर्यौं। महिनावारी सफाइबारे शिक्षा दियांै। हेल्थपोस्ट्को, पीएसीको क्षमता अभिवृद्धि गर्यौँ। औषधि अभाव हुन दिएनांै। स्वयंसेविकालाई तालिम, बर्थिङ सेन्टर बनाउनुका साथै किष्ट अस्पतालसँग सम्झौता गरेर नगरवासीलाई १५ प्रतिशत छुटको व्यवस्था भयो। ज्येष्ठ नागरिक र अशक्तलाई घरमा पुगेर जाँच्ने व्यवस्था गर्यौँ। स्वास्थ्यको हिसाबले अन्य नगरभन्दा हामी अगाडि छौं।
शिक्षा क्षेत्रमा भएका प्रगतिबारे केही बताइदिनुहुन्छ कि ?
- व्यावसायिक शिक्षालाई जोड दिएका छौं। यहाँका पाँच वटा विद्यालयलाई प्राविधिक शिक्षातर्फ ल्याइएको छ। बन्द हुने अवस्थामा पुगेका विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेको छ। प्रयोगात्मक शिक्षाका लागि नगरपालिका आफैंले पुस्तक प्रकाशन गर्न लागेको छ। उनीहरूलाई पोख्त बनाउन खोजेका छौँ। शिक्षामा पूर्वाधारजस्तो देखिने विकास हुँदैन। बालबालिका दक्ष भए भने त्यसले दीर्घकालीन विकास दिन्छ। त्यसैले शिक्षामा राम्रै लगानी गरेका छौं। पाठयक्रम, पाठ्यपुस्तक छपाइबाहेक ५० लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ।
पुनर्निर्माण क्रममा के-कस्ता चुनौती सामना गर्नुपर्यो ?
यहाँको पुननिर्माण हेर्दा निजी आवास बन्न सकेका छैनन्। किनकि भूकम्पपछि धेरैले आफैं घर बनाए। तत्काल निर्माण भएका घरका मानिसको नाम लाभग्राही सूचीमा भए पनि तीन सय घरले अनुदान पाएका छैनन्। गुठीका जग्गा, मोही लागेका जग्गा भएका ठाउँमा पनि पुनर्निर्माण भएका छैनन्। लुभु, सानागाउँलगायत ठाउँमा जग्गाको समस्या छ। जग्गाका समस्या भएकाले ढोका एउटा तर तला फरक हुनेलाई स्थानीय तहले सिफारिस गरेपछि अनुदान पाउनुपर्छ भन्ने हो। उनीहरूलाई राहतका लागि केन्द्र, जिल्ला सबैतिर धाइरहेको छु।
गोदावरी खोलामा पुल नबनेका कारण बर्खामा खोलावारि र पारिका बासिन्दाको सम्बन्धविच्छेद हुने अवस्था छ नि ?
गोदावरी खोलालगायत अन्य ठाउँमा पुल बनाउनका लागि प्रयास भइरहेको छ। डिभिजन सडक, जिल्ला प्रशासन, वन कार्यालयदेखि सबैसँग बैठक बसिसकेको छु। सरकारी निकायमा एकअर्कामा समन्वय नहुँदा जनताले दुःख पाएका छन्। तर, अर्को वर्षसम्म बनाइसक्ने योजनाअरूप लागिपरेको छु।
पर्यटन वर्ष सफल बनाउन के गर्दै हुनुहुन्छ ?
पर्यटन प्रवद्र्धनका लागि सडक नबनी हुँदैन। अतः सडकलगायत पूर्वाधार विकास निर्माणमा जोड दिँदै आएको छु। पर्यटन विकासका लागि नगरबाट प्रकाशन हुने प्रकाशनहरूम भिजिट नेपाल २०२० को लोगो राखेका छांै। पर्यटनलाई विकास गर्न लामाटारसम्म म्याराथन पनि गरायौं। यहाँ सबै जातजातिका मानिस बसोवास गर्छन्। हाम्रो नगरको सुन्दरता भनेकै ‘मिक्स कम्युनिटी’ हो।
यहाँको नगरमा सार्वजनिक यातायातको सुविधा के छ ?
यहाँ सार्वजनिक यातायातको पहुँच छ। साझा यातायात पनि पुगेको छ। प्रत्येक स्थानमा यातायातको सेवा-सुविधा पुग्दै छ।
यस नगरपालिकाले चालु वर्षका लागि कति बजेट छुट्ट्याएको छ ?
चालु वर्षका लागि कुल ९८ करोड बजेट विनियोजन गरिएको छ। यसमध्ये स्वास्थ्य र शिक्षामा महŒवपूर्ण बजेट परेको छ।