जनप्रतिनिधि-कर्मचारी विभाजित, गाउँपालिकाको दुई कार्यालय

जनप्रतिनिधि-कर्मचारी विभाजित, गाउँपालिकाको दुई कार्यालय

चरिकोट : उत्तरी दोलखाको कालिञ्चोक गाउँपालिकाले गत आइतबारदेखि दुई कार्यालयबाट सेवा दिन सुरु गरेपछि सेवाग्राही कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधामा परेका छन् । जनप्रतिनिधि र कर्मचारी दुवै विभाजित छन् । सेवाग्राही कुन कार्यालयबाट सेवा लिने भन्ने द्विविधाका कारण कार्यालय गएका छैनन् । चासो र चर्चा सुन्नका लागि स्थानीयको दुवै कार्यालयमा भीड छ। 

आइतबार राती साढे २ बजे कालिञ्चोक गाउँपालिका ८ सुनखानीको कार्यालय पुगेका वडाध्यक्षसहित करिब ६० जनाको समूहले डकैत शैलीमा रातारात कार्यालय सारेपछि दुई कार्यालयबाट सेवा सुरु गरेका थिए।

गाउँपालिका अध्यक्ष विनकुमार थामीले ६ लापिलाङ र साविकको ८ सुनखानीबाट सेवा सुरु गरेका थिए । दुई स्थानबाट सेवा सुरु भएपछि अध्यक्ष थामी पक्षधरका जनप्रतिनिधि तथा कर्मचारीले ६ को लापिलाङबाट सेवा सुरु गरे भने उपाध्यक्ष पक्षधरका जनप्रतिनिधि र कर्मचारीले ८ बाट सेवा सुरु गरे । 

कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरे सोमबारदेखि लागू हुने गरी विदामा बसेका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले साविककै स्थान कालिञ्चोक गाउँपालिका ८ सुनखानीबाटै सेवा प्रवाह गर्न निर्देशन दिइएको बताए ।

कर्मचारी हाजिरी कपी समेत चोरी भएपछि प्रजिअ रिाजलको रोहबरमा नयाँ हाजिरी कपी खडा गरी सेवा सुरु गराएका थिए । पालिकामा रहेको विभिन्न फाँटका कर्मचारी १५ दिनको विदा लेखेर कार्यालय गएका छैनन् ।

प्रमुख जिल्ला अधिकारी रिजालले चोरीको घटनामा कानुन र विधिअनुसार घटनामा संलग्नलाई कारवाही गरिने बताउँदै आएका छन् ।  चोरीको घटनामा संलग्नलाई कारवाहीको माग दावीसहित जिल्ला प्रहरी कार्यालयमा परेको मुद्दा प्रहरीले दर्ता गरेको छैन । दोलखाका डीएसपी मानबहादुर राईले, 'अनुसन्धानको प्रक्रियामा रहेको छ, सरकारी वकिलसँग छलफल गरेर मुद्दा दर्ता गर्ने योजना रहेको बताए।'

नेपाली कांग्रेस कालिञ्चोक गाउँपालिका समितिले बुधबार प्रेस विज्ञप्ती प्रकाशित गरी गाउँपालिकामा भएको भ्रष्टाचारलाई लुकाउन डकैती गराइएको भन्दै बहुपक्षीय छानवीनको माग गरेको छ ।

पालिका अध्यक्ष र उपाध्यक्षको पार्टी नेकपा दोलखाका कार्यबहाक अध्यक्ष गोपाल पाण्डेले घटना गलत भएको प्रतिक्रिया दिँदै राजनीतिक नेतृत्वले समाधानका उपायहरु दिएका छौं, जनप्रतिनिधिले कानुनमा लेखिएको प्रक्रिया पूरा गरेर समाधान गर्नुपर्छ ।

कार्यालयको २ वटा मूलढोकासहित ७ वटा ढोकामा लगाइएको ताला तोडफोड गरेर अध्यक्ष, उपाध्यक्षको कार्यकक्षको ढोका र कार्यालयको सूचना पाटीमा प्रेस विज्ञप्ति टाँस गरी डकैत शैलीमा आइतबार राति चेक बुक, लेखा स्रेस्ता, कर्मचारी हाजिर कपि, सीसी क्यामेराको भिडियो स्टोरेज व्याकअप, अध्यक्ष-उपाध्यक्ष-कार्यालय प्रमुखको कुर्सी, डिजिटल डिस्प्ले बोर्ड, कार्यालय साइन बोर्ड, कार्यपालिका माइन्युटलगायतका महत्वपूर्ण प्रशासनिक कागजात चोरी भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.