विमानस्थलमा  बोलेनन् 'प्रचण्ड'

विमानस्थलमा  बोलेनन् 'प्रचण्ड'

विराटनगर : शुक्रबार दिउँसो १२:३० बजेको थियो। काठमाडौंबाट विराटनगरका लागि उडेको श्री एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण भयो। 

एक घण्टा ‘डिले’ भएर विराटनगर आएको जहाजमा थिए, सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। 

प्रचण्डले केही कडा बोल्ने अपेक्षासहित संचारकर्मी बिहानदेखि नै विमानस्थलमा कुरिरहेका थिए। उनको स्वागतमा नेता कार्यकर्ताको पनि राम्रै लाम लागेको थियो।

यद्यपि विमानबाट ओर्लिनसाथ भीभीआइपी द्वार हुँदै गाडीतिर लागे र  सिधै गाडीमा पसेर हिँडे। नेकपा नेता विनोद ढकालले पत्रकार निकै बेरदेखि कुरिरहेको बताउँदै केही बोलिदिन आग्रह गरेका थिए। तर बोल्ने ‘मुड’ मा आफू नरहेको जनाउ दिएर ‘प्रचण्ड’ अघि बढे। 

बिहान १० बजेदेखि‘प्रचण्ड’ लाई पर्खिएर बसेका पत्रकार प्रचण्डको यो चाला देखेर जिल्ल परे। विराटनगर पुग्दा हरेक दलका अध्यक्ष, वरिष्ठ नेता मात्र होइन, केन्द्रीय नेताहरू पनि केही न केही बोल्ने गरेका छन्।

प्रचण्ड उपत्यका बाहिर जाँदा हरेक स्थान र कार्यक्रम लामो बोल्‍ने गरेका छन्। पछिल्लोपटक असन्तुष्टी र निराशा पोख्दै आएका प्रचण्डको यो मौनतालाई अर्थपूर्ण रुपमा लिइएको छ।

सधै बोलेर चर्चामा आउन मन पराउने प्रचण्ड यसपालि किन बोलेनन् ? विमानस्थलमै पत्रकारहरुबीच पनि छलफल र विश्लेषण चलेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.