बाकु सम्मेलनमा मडुरोको स्वागत
काठमाडौं : असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलन अजरबैजानको बाकुमा सुरु भएको छ।
भेनेजुएलाका राष्ट्रपति तथा नामका अध्यक्ष निकोलस मडुरोले १ सय २० मुलुकका राष्ट्र तथा सरकार प्रमुख तथा उच्च अधिकारीलाई स्वागत गर्दै बर्तमान विश्वको राजनीतिक परिवेशबारे सम्बोधन गरेका छन्। उक्त सम्मेलनमा नेपालबाट प्रधानमन्त्री केपी ओली नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ।
बाकु सम्मेलन सुरु भएको जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटमार्फत दिएका छन्। केहीबरेमा बाकु सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन्।