हाटबजारमा चाडपर्वको किनमेल (फोटो फिचर)
सिरहा : शुक्रबार लहानमा हाटबजार लाग्यो । तिहार र छठ पर्वको लागि किनमेल गर्न गाउँ गाउँबाट आएका सर्वसधारणको घुइँचो थियो ।
कोही तिहारमा घरआगँन उज्यालो पार्न माटोको दियो त कोही छठ पर्वमा चाहिने माटोको भाँडाकुँडा र बाँसको नाङ्लो, ढकी लगायत सामग्री किनेमेल गरे । तिहारमा चाहिने सन्ठी (स्थानीय भाषमा)को हुकालोली, माटोको दियो, लक्ष्मी पूजाका लागि तस्बिर, रंग–अबिर, नरिवल तथा फलफूल खरिद गरे ।
तिहारमा यहाँका मानिसले अनिवार्य रुपमा प्रत्येक वर्ष गाइ वस्तु पूजा गर्ने र दाम्लो फर्ने गर्छन् । बजारमा थरीथरीका दाम्लो पनि खरिद–बिक्री भइरहेको थियो ।