पसाउन लागेको केरामा रोग

पसाउन लागेको केरामा रोग

दाङ : कृषि कार्यालयका कृषि प्राविधिकले सिफारिस गरेर रोपिएका केराका बोट रोगले सुक्न थालेका छन्। व्यावसायिक रूपमा गरिएको केरा खेतीमा पसाउन सुरु भएको अवस्थामा रोग देखिएपछि यहाँका किसान चिन्तित भएका छन्।

व्यावसायिक केरा खेतीमा लागेका दाङ पवननगरका किसानलाई अप्रत्यासित रूपमा केरामा देखिएको रोगले चिन्तित बनाएको हो। एक हप्तायता पसाएका केराका सबै बोटमा रोग देखिएको छ। पसाएका केरा सुक्ने र बोट नै ढल्ने गरेका छन्।

मकै, तोरी, गहुँ खेती गर्दै आएका यहाँका किसानले गत वर्षदेखि व्यावसायिक केरा खेती सुरु गरेका थिए। तुलसीपुर उपमहानगरपालिका १ पवननगर भमके मनकामना टोलका स्थानीयले गरेको केरा खेतीमा अहिले बोट सुक्ने रोग देखिएको हो।

व्यावसायिक केरा खेतीमा त्यो पनि उत्पादन लिने बेला देखिएको रोगले किसान मर्कामा परेका हुन्। सरकारी अनुदानमा रोपिएका केरामा पसाउँदै गर्दा रोगको महामारी देखिएपछि किसान चिन्तामा परेको वडा सदस्य राधा न्योपानेले बताइन्। व्यावसायिक केरा खेती गरेका किसानले राज्यले क्षतिपूर्तिको व्यवस्थान गर्नुपर्ने बताएका छन्। उनीहरूले सरकारकै सिफारिसमा लगाएको केरामा फल खानेबेला देखिएको रोगको जिम्मा सरकारले लिनुपर्ने किसान दधिराम भण्डारीले बताए।

पवननगर क्षेत्रका १२ जनाले झण्डै ४ बिघा क्षेत्रफलमा व्यावसायिक केरा खेती गरिरहेका छन्। एक वर्षअघि लगाइएको केरा पसाउन थालेपछि त्यसमा रोग देखिएको उनले बताए। बाहिर हेर्दा राम्रो बोट देखिने र भित्र भित्रै कुहिने गर्दा पसाएको एउटा केराको बोट पनि राम्रो नरहेको उनले बताए। यो समस्याले किसान मारमा परेको व्यावसायिक केरा खेती गरेकी रिमा भण्डारी बताउँछिन्। उनले सबैभन्दा पहिले आफ्नो बारीमा यो समस्या देखिएको र एक हप्ताको अवधिमा सबै पसाएको केरा रोगका कारण सखाप भएको बताइन्। रोगका कारण झण्डै दुई सय केराका बोट नष्ट भएको उनले बताइन्।

कृषि प्राविधिकले केराको नक्कली बीउ परेकाले बोटमा महामारी लागेको बताएको उनको भनाइ छ। हामीलाई कृषिले दिएको बीउबाट केरा ८/१० थरी देखिएको उनले बताइन्। जनतालाई प्रत्यक्ष लाभ दिने गरी नगरले केरा खेतीमा प्रोत्साहन गरेको भए पनि अनुदानमा दिइएको बिरुवा कमसल हुँदा किसानले दुःख पाएको तुलसीपुर उपमहानगरपालिका १ का वडा सदस्य राधिका न्यौपानले बताइन्। विगतमा यस क्षेत्रमा अरु खेतीमा पटक पटक समस्या आउने गरेपछि केरा खेती सुरु भएको भए पनि त्या पनि रोगका कारण असफल भएको उनले बताइन्। यो क्षेत्रमा माटोको समस्याले अन्य बालीमा पनि यस्तो समस्या आएको थियो। स्थानीय स्तरबाट माग भएपछि यहाँका किसानले नगरको अनुदानमा केरा खेती सुरु गरेको किसानले बताएका छन्।

गाउँमा भएको व्यावसायिक केरा खेतीमा समस्या देखिएपछि स्थानीय जनप्रतिनिधिले त्यसमा पहल थालेको न्यौपानेले बताइन्। व्यावसायिक किसानको खेतीमा रोग देखिएपछि नगरको कार्यापालिकामा समेत छलफल गरेर समाधान खोजिने प्रयास गरेको वडाध्यक्ष लक्ष्मण भण्डारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.