प्रेस स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता : महामन्त्री कोइराला

प्रेस स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता : महामन्त्री कोइराला

काठमाडौं : नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता भएको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रेस स्वतन्त्रताले नै राष्ट्र स्वतन्त्र छ कि छैन भन्ने देखाउने बताए।

 
प्रेस स्वतन्त्रता कसैले पनि हनन गर्न नहुने भन्दै उनले भने, 'नेपाली काङ्ग्रेसले जहिले पनि प्रेस स्वतन्त्रतालाई मुख्य उद्देश्यमा नै राख्ने गरेको छ।'

देश समृद्ध बनाउनका लागि विदेशमा रहेका ५० लाखभन्दा बढी युवालाई फर्काउन सक्नुपर्ने भन्दै उनले नेपालमा अहिले भएका सबै विकास काङ्ग्रेसका पालामा भएको दाबी गरे। अहिले दुईतिहाइको सरकार भएर पनि कुनै देश विकासका लागि स्पष्ट दृष्टिकोण र सपना नभएको उनले बताए। 

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले मुलुकको समृद्धि प्रेस स्वतन्त्रताबिना सम्भव नरहेको उल्लेख गरे। युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.