शिक्षा मन्त्रालयले माग्यो तीन विश्वविद्यालयमा उपकुलपतिको आवेदन
![शिक्षा मन्त्रालयले माग्यो तीन विश्वविद्यालयमा उपकुलपतिको आवेदन](https://annapurnapost.prixacdn.net/media/albums/education-ministry-shiksha-mantralaya_20190613011030_e8Ymedsr1m.jpg)
काठमाडौं : शिक्षा मन्त्रालयले पोखरा, मध्यपशिचमञ्चल र सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको लागि उपकुलपति नियुक्तिका लागि योग्यता पुगेका व्यक्तिबाट आवेदन मागेको छ। मन्त्रालयले शनिबार सूचना जारी गरेर आवेदन मागेको हो। मन्त्रालयले यसअघि पनि प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गेर्न भन्दै पूर्वाञ्चल, कृषि तथा वन र नेपाल संस्कृत विश्वविद्यालयका लागि आवेदन मागेको थियो।
विवरण पेश गरेका व्यक्तिको योग्यता र क्षमताको आधारमा सम्भावित व्यक्तिको नाम उपकुलपति नियुक्तिका लागि विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपि शर्मा ओलीलाई सिफारिस गरिने मन्त्रालयले जनाएको छ।
तीनै वटा विश्वविद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने कानुनी व्यवस्था छ। उपकुलपति दावी गर्ने व्यक्तिले सात दिनभित्रमा विवरण पेश गर्न मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयले नेपाल संस्कृत र पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष र सदस्यमा नियुक्तिका लागि पनि व्यक्तिगत विवरण पेश गर्न आह्वान गरेको छ। यसरी आहवान गर्ने व्यक्तिहरुमध्येबाट आन्तरिक रोष्टर तयार भएपछि सम्भावित व्यक्तिलाई उपकुलपति तथा सेवा आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरिनेछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)