बैतडीमा उपनिर्वाचनको चहलपहल : नेकपाले टुंगो लगायो दुई वडाका उम्मेदवार

बैतडीमा उपनिर्वाचनको चहलपहल : नेकपाले टुंगो लगायो दुई वडाका उम्मेदवार

बैतडी : आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा चहलपहल बढेको छ । उपनिर्वाचन हुने वडामा चुनावी सरगर्मी बढेको हो । सुर्नया गाउँपालिका–१, दोगडाकेदार गाउँपालिका– ४ र पुर्चौंडी नगरपालिका–४ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उम्मेद्वारको टुंगो लगाएको छ । सम्बन्धित पालिका कमिटिको सिफारिश अनुसार दोगडाकेदार ४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका– १ मा धनबहादुर चन्दलाई उम्मेद्वार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए । 

नेकपाको जिल्ला कार्यालयको बैठकले शनिबार उम्मेद्वारको नाम स्वीकृत गरेको जोशीले बताए  । बैठकले केही दिनभित्रै पुर्चौंडी नगरपालिका ४ मा पनि उम्मेद्वारको टुंगो लगाउने निर्णय गरेको उनले बताए । 

नेकपाले दुईओटा वडामा उम्मेद्वारको टुंगो लगाएपनि अन्य दलहरुले भने अहिलेसम्म उम्मेद्वारी टुंग्याउन सकेका छैनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.