'भालेको अण्डा'ले निम्त्यायो झमेला

'भालेको अण्डा'ले निम्त्यायो झमेला

धादिङ :आफूले पालेको कुखुराले सानो अण्डा पार्दा उत्तर धादिङको खनियावास गाउँपालिका–२ झार्लाङ, कलङम्रङका सोमबहादुर तामाङ प्रहरी नियन्त्रणमा परेका छन्। उनले पालेको कुखुराको खोरमा शनिबार सधैंभन्दा सानो अण्डा भेटिएको थियो। कुखुराले सानो अण्डा पारेपछि सोमबहादुरले छिमेकीलाई देखाए।

एकले अर्कोलाई देखाउँदै गर्दा सो अण्डा भालेले पारेको र १ करोड रुपैयाँभन्दा बढी पर्ने हल्ला चल्यो। त्यसपछि धेरै मुल्य पाउने प्रलोभनमा सोमबहादुरले झण्डा लुकाए। लुकाएको पर्सिपल्ट अण्डा गायव भएपछि उत्पन्न परिस्थितिपछि सोमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनले छिमेकीलाई आफूले पालेको कुखुराले पारेको अण्डा देखाउँदा भालेको अण्डा सानो हुने र त्यो बहुमुल्य हुने चर्चा सुने। १ करोडभन्दा बढीमा त्यो अण्डा विक्री हुन्छ भन्ने हल्ला गाउँमा चलेपछि उनले अण्डाको फोटो खिचेर घरभित्रै अन्नको भकारीभित्र लुकाए। सदरमुकाममा रहेका आफन्तलाई भालेले पारेको अण्डा आफुसँग रहेको र ग्राहक खोजीदिन खबर पठाए।

दुई दिनपछि हेर्दा अण्डा राखेको ठाउँमा भेटिएन। अण्डा हराएपछि उनले आफुले विश्वास गरेको लामा झाँक्री (गजबहादुर लामा) लाई हेराए। झाँक्रीले सोमबहादुरकै छिमेकी रामकुमार तामाङले चोरेर चितवन पठाएको भनिदिए। झाँक्रीले अण्डा चोरेको आरोप लगाएको रामकुमार तामाङ र सोमबहादुरको साला नाता पर्ने मंगबहादुर तामाङबीच चोरीको विषयमा सदरमुकामस्थित एक होटलमा झगडा भयो। उनीहरुको झगडापछि ‘भालेको अण्डा काण्ड’ मा प्रहरीको प्रवेश भएको हो।

झगडापछि चोरीको आरोेप लागेका ब्यक्तिले आफ्नो मानहानी भएको र अपमान गरिएको भन्दै लामा झाँक्री र सोमबहादुर विरुद्ध उजुरी दिए। प्रहरीले लामा झाँक्री र सोमबहादुर दुवैलाइ प्रक्राउ गरेर हिरासतमा राखेको छ। गजबहादुर लामा तिनै झाँक्री हुन जसले जण्डिसको उपचार गर्दा विरामीको पेटमा प्वाल पारिदिएका थिए।

प्रहरी हिरासतमा रहेका सोमबहादुरले आफूलाई प्रहरीले किन र के कारण हिरासतमा लिएको भन्ने बारे थाहै नभएको बताए। ‘मेरो घरको कुखुराले सानो अण्डा पारेको साँचो हो। तर यो अण्डाको विषयमा कोही कसैसँग केही कुरा भएकै छैन’, उनले भने।

प्रहरी हिरासतमै रहेका झाँक्री गजबहादुर लामाले पनि आफूले कसैलाई अण्डा चोर नभनेको दावी गरेका छन्। ‘सोमबहादुर, म भएको ठाउँमा आउनु भएको थियो। उहाँको परिवारको बारेमा आखत हेरेको हो, मैले कसैलाइ दोष लगाएको छैन’, उनले भने। प्रहरी हिरासतमा रहेका उनीहरु दुवैलाई जिल्ला अदालत धादिङमा पेश गरी म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले बताए।

‘गाउँमा अनावश्यक हल्ला फैलाएर समाजलाई अशान्त बनाउने, अण्डा किन्ने र बेच्ने बहानामा गाउँलेबीच झगडा उत्पन्न गराएको आरोपमा नियन्त्रणमा लिएका हौँ’, उनले भने। बैदवारका अनुसार सोमबहादुर र लामा झाँक्री दुवैलाई अभद्र व्यवहारअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.