तराईमा छठको तयारी

तराईमा छठको तयारी

जनकपुरधाम : अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जिवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने तराईवासीको महत्वपूर्ण पर्व छठको तयारी सुरु भएको छ। तराई मधेसका मुख्य पर्वमध्ये मिथिलानी महिलाहरूको विशेष कठोरताको पर्वको रूपमा रहेको छठको तयारी जनकपुरसहित तराइका जिल्लामा सुरु भएको हो।

नियम निष्ठा र विधिपूर्वक मनाइने यस पर्वमा आवश्यक पर्ने सामग्रीको जोरजम गर्न स्थनीय व्यस्त छन्। बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायत नरिवल, सख्खर किनमेलमा सर्वसाधारण लागेका हुन्।

मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने यस पर्वलाई रौनकता प्रदान गर्न जनकपुरको ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर अग्नीकुण्ड, रत्नसागर, बाल्मीकि सरोवर लगायतका दर्जनौ पोखरी र सरोवरहरूलाई सरसफाइ गरी बिजुली, पण्डालको व्यवस्था मिलाउने कार्य भइरहेको महाबीर युवा कमिटीका महासचिव राज भगतले बताए।

चार दिनसम्म मनाइने पर्वमा सम्पूर्ण शक्तिको श्रोत सूर्यको उपासना गर्दै पहिलो दिन नुहाएर चोखो भइ खाने, दो श्रो दिन खरना, ते श्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा समापन गरिन्छ। छठ पर्व ब्रत अवधिभर माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल गायतका खाद्यवस्तुहरू अनिर्वाय बार्ने चलन रहेको पूर्व प्राज्ञ रामभरोष कापडि बताउँछन्।

मधेसी समुदायमा मनाइँदै आएको यो पर्व केही वर्षयता यहाँका पहाडि समुदायले पनि मनाउँदै आएका छन्। प्रत्येक वर्ष छठ पर्व मनाउने मिथिलानी महिलासँगै नेपाली समुदायका अन्य महिलाहरूसमेत सहभागी हुन थालेको बर्दिवासकी रिता लामाले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.