जनप्रतिनिधिलाई फूल बेच्‍न भ्याइनभ्याइ

जनप्रतिनिधिलाई फूल बेच्‍न भ्याइनभ्याइ

हेटौंडा : हेटौंडा उपमहानगरपालिका–१२ का वडाध्यक्ष ललित घलान जनप्रतिनिधिसँगै एक कर्मशील किसान पनि हुन्। वडा कार्यालयको काम सकेपछि उनी आफ्नै बारीमा व्यस्त हुन्छन्। जनताको कामको चटारोसँगै फूल बेच्न भ्याइनभ्याइ छ उनलाई। गत वर्षदेखि पहिलोपटक व्यावसायीक पुष्पखेती सुरू गरेका उनलाई यो तिहारको लागि मात्र तीन लाख बढी फूल थुंगाको माग आइसकेको छ।

दिउसो वडा कार्यालयको काम सक्नेबित्तिकै उनी अन्त कतै नअल्मलिएर सिँधै घर पुग्छन्। बिहान बेलुका फूलबारीमै भेटिन्छन्। यस वर्ष उनले ३ ठाउँमा ५ कट्ठा जमिनमा फूलखेती गरेका छन्। ‘हामीले गरेको कामबाट नै जनताले सिक्ने हुन्। काम गरेर पनि देखाउनुपर्छ भन्ने सोँचले गत वर्षदेखि यो काम सुरू गरेँ। यसवर्ष अन्य किसान पनि फूलखेतीमा लागेका छन्’, उनले भने, ‘बजारको समस्या छैन। घरपरिवार पाल्ने खर्च फूल बिक्रीबाटै आउँछ।’

तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा हुने प्रायः प्रदेश स्तरिय कार्यक्रम, सहकारी तथा संघ संस्थाको कार्यक्रममा प्रयोग हुने माला घलानले नै उपलब्ध गराउँछन्। तिहारका लागि मात्रै दुई लाख बढी रुपैयाँको सयपत्री फूल बिक्री गरेको उनले बताए। वर्षभरी नै बिक्री हुने भएकाले अन्य व्यावसायभन्दा फूलखेती नै फाइदाजनक भएको अध्यक्ष घलान बताउँछन्। सयपत्रीको प्रतिमाला ८० रुपैयाँदेखि एक सयसम्ममा बिक्री हुँदै आएको छ। एक मालामा ३० सम्म फूल उन्ने गरिएको छ।

घलानजस्तै जिल्ला खेलकदु विकास समितिका पूर्व अध्यक्ष बालकृष्ण चौलागाई पनि फूल खेतीमै व्यस्त छन्। हेटौंडा–६ स्थित चौघडामा ८ कट्ठा जमिनमा सयपत्री फूल रोपेका चौलागाई भन्छन्, ‘केही नयाँ काम गरौं भन्ने उदेश्यले पुष्पखेती सुरु गरेँ, बजारमा माग धेरै भएकाले आम्दानी पनि राम्रै छ।’ प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २०७५ लाई फलफूल वर्ष घोषणा गरेपछि उनले पुष्पखेती सुरु गरेका थिए।

दुई वर्षको बीचमा हेटौंडा फूलमा आत्मनिर्भर बनेको उनको भनाई छ। ‘फूलको माग पोखरा, काठमाडौं लगायत सहरबाट पनि आएको छ। तर हामीले पठाएका छैनौं’, उनले थपे, ‘पहिला स्थानीय बजारलाई नै पु¥याउनुपर्छ भनेर लागिपरेका छौं।’ उनले आफूसँगै अन्य किसानले लगाएको सयपत्री फूल पनि खरिद गर्ने गरेका छन्।

सयपत्री फूल राख्न उनले कोल्ड स्टोर निर्माण गरेका छन्। ‘यो तिहारमा ३ हजार माला र ६ लाख थुंगा बिक्री गर्ने लक्ष्य छ’, उनले भने। वर्सेनि भारतबाट आउने फूलले माग धान्दै आएकोमा यसवर्ष भने भारतीय फूललाई विस्थापित गर्ने उनको विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.