नेपाल संवत् कार्यान्वयन गर्न पहल गर्छु : प्रचण्ड

नेपाल संवत् कार्यान्वयन गर्न पहल गर्छु : प्रचण्ड

भक्तपुर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् राष्ट्रिय संवत् भएकाले यसलाई व्यवहारतः लागू गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्। आफू प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरी सरकारी लेटरप्यायडमा प्रयोगमा ल्याइएको स्मरण गर्दै उनले नेपाली माटोको सुवास आउने नेपाल संवत्लाई व्यवहारिक रुपमै लागू गर्नुपर्ने बताए। 

नेकपाको भ्रातृ संस्था नेवाः मुक्ति मोर्चा नेपालले आइतबार भक्तपुरमा आयोजना गरेको नेपाल संवत् ११४० नयाँ वर्ष (न्हुदँ) को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘नेपाल संवत् राष्ट्रिय संवत् भएकाले यसलाई व्यवहारतः लागू गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’

उनले ऋणमा डुबेका नेपाली जनताको ऋणमोचन गरेर शंखधर साख्वाःले नेपाल संवत् चलाएको इतिहासबाट आफू प्रभावित भएको सुनाए। शंखधरको योगदानको सम्मान गर्दै आफू पहिलो पटक प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकले देशभरका किसानहरुको ३० हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने निर्णय गरेको उनले जानकारी दिए।

‘कम्युनिस्ट एकता भाँड्न पुरानो शक्ति तल्लीन’

अध्यक्ष प्रचण्डले निरंकुशता पक्षधर पुरानो शक्तिले कम्युनिस्ट एकता र दुइतिहाइको कम्युनिस्ट सरकार नरुचाइरहेको बताए। त्यस्तै कम्युनिस्ट एकता भाँडेर मुलुकमा पुनः राजनीतिक अस्थिरता ल्याउन पुरानो शक्ति लागि परेको उनले स्पष्ट पारे।

उनले यस्ता शक्तिको आआफ्नो ठाउँबाट विरोध एवं प्रतिवाद गर्न आह्वान गरे। ‘मुलुक एकतावद्ध भएको हेर्न चाहँदैन, देशमा बलियो सरकार भएको स्थिति हेर्न चाहँदैन। देशमा विकास र समृद्धिको युग सुरु भएको हेर्न चाहँदैन त्यसका विरुद्ध तपाईंहरुले आवाज उठाउनुपर्छ र आआफ्नो ठाउँबाट यसको प्रतिवाद गनुपर्छ’, अध्यक्ष प्रचण्डले भने।

उनले मुलुकलाई अन्तहीन राजनीतिक अस्थिरताबाट मुक्ति दिन तथा जनताको विकासको चाहना पूरा गर्न दुई पार्टीबीच एकता गरिएको समेत बताए।
 
‘राजनीतिक स्थायित्व गराउन हामीले धेरै मेहनत गर्‍यौं। जहिले पनि सरकार फेरिराख्ने र जनताको आकांक्षाअनुसार विकास निर्माण र समृद्धि अगाडि नबढ्ने स्थिति नहोस् भनेर संविधान जारी भएपछि कताबाट राष्ट्रिय एकता कायम र राजनीतिक स्थायित्व कायम होला भन्ने धेरै चिन्तन मनन गरेर नै दुई ठूला कम्युनिस्ट पार्टीको एकता गरेका हौं’, अध्यक्ष प्रचण्डले थपे, ‘कम्युनिस्ट एकताले देशमा स्थायी सरकार बनाउन सम्भव छ, राजनीतिक स्थायित्व दिन सम्भव छ र विकास निर्माणलाई गति सम्भव छ भन्ने देखाएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.