प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्‍त्री ओली

प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्‍त्री ओली

काठमाडौं : नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो दूरी नबढेको बताएका छन्। आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

‘रमाइलो कुरा गर्नुभयो’, प्रचण्डसँग दूरी बढेका खबरहरु आइरहेका छन् नि भन्ने प्रश्नमा ओलीले भने, ‘काठमाडौंमा भन्दा काबुमा हुँदा टाढा भयो।’ ओली असंलग्न राष्ट्रको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका हुन्। 

उनले दुई अध्यक्षबीच दूरी बढ्यो भन्नेहरुको गणित नमिलेको व्यङ्ग्यसमेत गरे। ‘तपाईंहरुको गणित मिलेन’, उनले भने, ‘दूरीको अवस्था छैन।’

बाकु सम्मेलनका अवसरमा प्रधानमन्त्रीले भारतका उपराष्ट्रपति वेङ्कैया नायडु, पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र आयोजक राष्ट्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। 

त्यसैगरी नामका निवर्तमान अध्यक्ष भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र प्रजग कोरियाली प्रतिनिधिमण्डलका नेता तथा त्यहाँका सर्वोच्च जनसम्मेलनका अध्यक्ष चोइरोयङ हाइसँग पनि शिष्टाचार भेटघाट गरी द्विपक्षीयसम्बन्ध र आपसी हितका विषयमा कुराकानी गरेका छन्। 

मन्त्रालयको विज्ञप्तिमा असंलग्नता नेपालको परराष्ट्र नीतिको आधारभूत मान्यता हुनाका अतिरिक्त नाम नेपालजस्ता मुलुकको सामूहिक पहिचान, ऐक्यबद्धता, सहयोग र समर्थनको स्रोतका रूपमा रहेको र यो सम्मेलनमा उच्चतम तहमा प्रतिनिधित्व गरेर नेपालले असंलग्नताको सिद्धान्तप्रतिको आफ्नो अविचलित आस्था र आन्दोलनप्रति ऐक्यबद्धताको मर्म पुष्टि गरेको उल्लेख छ। 

विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र सङ्घ प्रणाली बाहिर सबैभन्दा धेरै मुलुकहरू सदस्य रहेको र लामो समयदेखि दक्षिणका मुलुकहरूलाई स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र ऐक्यबद्धताको वैकल्पिक मञ्चको रूपमा रहेको असंलग्न आन्दोलनको शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्नुका साथै अजरबैजानमा रहँदा न्यानो र हार्दिक आतिथ्यता प्रदान गर्ने आयोजक मुलुकका राष्ट्रपतिलगायत सम्बद्ध सबैमा प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्नुभएको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.