तिहारमा निर्वाचनको चहलपहल : नेकपाबाट यमलाल, नेकाका शोभाखर

तिहारमा निर्वाचनको चहलपहल : नेकपाबाट यमलाल, नेकाका शोभाखर

सन्धिखर्क : जिल्लाका अन्य स्थानमा तिहारको चहलपहल छ। तर खनदहमा भने तिहारको भन्दा पनि निर्वाचनको चहलपहल बढी छ। मालारानी गाउँपालिका–३ खनदहमा वडाअध्यक्ष पदको लागि मंसिर १४ गते उपनिर्वाचन हुने भएपछि निर्वाचनको चहलपहल बढेको हो। 

स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष जिवनकुमार चौहानको २०७४ को पुसमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परी निधन भएको थियो। 

खनदह र मालारानीमा मात्र होइन। जिल्लाको सदरमुकाम सहितका गाउँगाउँमा पनि निर्वाचनमा उम्मेदवार को हो रु चुनाव कसले जित्छ रु  भनेर बहस भइरहेका छन्। 

वडा अध्यक्षको निर्वाचन भएपनि अर्घाखाँचीमा यो निर्वाचनलाई नेकपा र नेपाली कांग्रेसले आफ्नो प्रतिष्ठाको लडाईंसँग जोडेका छन्। तत्कालीन एमाले मात्रैले जितेको नेकपाले आफ्नो पकड कायम राख्न चाहेको छ। आफैँ भित्रको कारणले गएको निर्वाचनमा हारेको निष्कर्ष निकालेको नेपाली कांग्रेसले यो निर्वाचन जित्ने अभियानमा लागेको छ। 

नेकपाले यमलाल खनाललाई सर्वसहमत उम्मेद्वार बनाउने निर्णय गरेको छ। नेकपा मालारानी गाउँपालिकाका सदस्य यमलाल खनाललाई वडा कमिटीले सिफारिस गरेको र त्यही नामनै टुंगो लाग्ने नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिए। 

नेपाली कांग्रेसले भने स्थानीय तहको निर्वाचनमा त्यही वडाबाट अध्यक्ष पदमा पराजित भएका नेपाली कांग्रेस मालारानी गाउँपालिका कांग्रेसका संयोजक शोभाखर खनाललाई उठाउने नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कानले बताए। 

कसलाई उठाउने भन्ने निर्णय नभएपनि गएको निर्वाचनमा जम्मा ३६ भोटले पराजित भएका युवा नेता शोभाखरको राम्रो माहोल भएकाले उनी उम्मेदवार हुने जानकारी दिए। 

    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.