प्रजातान्त्रिक अधिकार खोज्ने षड्यन्त्र भयो : देउवा

प्रजातान्त्रिक अधिकार खोज्ने षड्यन्त्र भयो : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातान्त्रिक तरिकाबाटै निर्वाचित भए पनि प्रजातान्त्रिक हकअधिकारलाई सङ्कुचन गर्न खोजेको आरोप लगाएका छन्।  

 
पार्टीको भ्रातृ संस्था नेपाल तरुण दल स्थापनाको ६६औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्। सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा र राष्ट्रिय एकता तथा अखण्डतालाई अक्षुण राख्न तरुण दल र विद्यार्थीको  काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको बताए।

‘प्रजातन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, वाक स्वतन्त्रता, सम्पत्तिको हक, स्वाभिमानका साथ निर्धक्कसँग बाँच्न पाउनेलगायत हक हुन्’, सभापति देउवाले भने, ‘यसमा षडयन्त्र हुन लागेको छ। त्यसविरुद्ध लड्न सम्पूर्ण युवा तरुणको भूमिका महत्वपूर्ण हुन्छ।’

लोकतन्त्रको रक्षा र सुदृढीकरणमा तरुण दल ठूलो उत्साहका साथ लागेको भन्दै उनले तरुण दलको नेतृत्वको प्रशंसासमेत गरे। साथै उनले भोलिका दिनमा आउने थप चुनौतीको सामना गर्न तरुण दललाई अझ सशक्त र जुझारु सङ्गठन बनाउन सुझाव दिए। 
 
तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले मुलुकका सबै ठूला आन्दोलन कांग्रेसकै नेतृत्वमा सफल भएको र नेपालको संविधान पनि काङ्ग्रेसकै नेतृत्वमा जारी भएको उल्लेख गर्दै कहीँ कतैबाट पनि संविधान मिच्ने काम भयो भने त्यसविरुद्ध तरुण दल सडक आन्दोलनमा उत्रिने चेतावनी दिए।

तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङले मुलुकमा भ्रष्टाचार, अनियमितता र कालोबजारी बढेको र शान्ति सुरक्षा पनि प्रभावकारीरूपमा कायम हुन नसकेको भन्दै त्यसविरुद्ध तरुण दलले सशक्त आवाज उठाउने बताए
 
कार्यक्रममा कांग्रेस शीर्ष नेता, केन्द्रीय सदस्यका साथै पार्टी र तरुण दलका नेता कार्यकर्ताको ठूलो सङ्ख्यामा उपस्थिति थियो। तरुण दलको स्थापना विसं २०१० कात्तिक १० गते भएको हो।  रासस  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.