विश्वभरका सांसदको नेटवर्क युनाइटमा नेपाली प्रतिनिधित्व गराउन पहल

विश्वभरका सांसदको नेटवर्क युनाइटमा नेपाली प्रतिनिधित्व गराउन पहल

भक्तपुर : विश्वबाटै संक्रमणजन्य रोगहरुको जोखिम अन्त्य गर्ने उद्देश्यले गठित विश्वका सांसदहरुको अन्तर्राष्ट्रिय नेटवर्क युनाइटमा नेपाली सांसदहरुको प्रतिनिधित्व गराउनेबारे पहल सुरु गरिएको छ।

राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीएन) ले उक्त नेटवर्कमा नेपाली सांसदहरुको प्रतिनिधित्वको लागि पहल गरेको हो। उक्त नेटवर्कमा छिमेकी देश चीन, भारत र पाकिस्तानका सांसदहरुको प्रतिनिधित्व रहे पनि नेपालको प्रतिनिधित्व हुन सकेको छैन। युनाइटले एचआईभी एड्स, क्षयरोग, मलेरियालगायतका संक्रमणजन्य रोगको रोकथाम एवं त्यसको न्यूनीकरणको लागि विश्वव्यापी पैरवी, बहस र परियोजनागत काम गरिरहेको छ। उसले संस्थामा प्रतिनिधित्व गर्ने देशहरुका सांसदहरुको माध्यमबाट ती देशहरुमा स्वास्थ्य, शिक्षा तथा विकासको क्षेत्रमा लगानी गर्दै आएको छ।

त्यसैले युनाइटमार्फत नेपालका एचआईभी एड्स संक्रमित, लागूपदार्थ दुव्र्यसनी, क्षयरोग र मलेरिया रोगको क्षेत्रमा काम गर्ने र गराउने उद्देश्यले नेपालका संघीय सांसदहरुलाई युनाइटमा प्रतिनिधित्व गराउने पहल थालेको हो।

एनएपीएनका अध्यक्ष राजेश दिदियाले युनाइटमा नेपालका सांसदहरुको प्रतिनिधित्व गराउन संघीय सांसदहरु पम्फा भुसाल, चित्रलेखा यादव र मनकुमारी जीसीसँग एक चरणको छलफल भइसकेको जानकारी दिए। त्यस्तै भक्तपुर-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश बस्नेतसँग समेत छलफल गरिएको उनले बताए।

‘सांसद महेश बस्नेतसँग युनाइटमा नेपाली सांसदहरुको प्रतिनिधित्व गराउने सम्बन्धमा छलफल ग¥यौं’, उनले भने, ‘उहाँ युनाइटमा सहभागी भएर नेपाली लक्षित समुदायको हितमा काम गर्न सकारात्मक हुनुहुन्छ।’

सांसद बस्नेतले नेपालका एचआईभी संक्रमित, लागूपदार्थ दुव्र्यसनी, क्षयरोग तथा मलेरियाको क्षेत्रमा विश्वव्यापी कार्यक्रम र बजेट प्राप्त हुने भए युनाइटमा नेपालको प्रतिनिधित्व हुनुपर्ने धारणा राख्नुभएको अध्यक्ष दिदियाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.