मुस्ताङ पुगेका पर्यटनमन्त्रीले भने : चराङमा विमानस्थल बन्छ
जोमसोम : संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका–१ चराङमा विमानस्थल निर्माण गर्ने बताएका छन्। सोमबार उपल्लो मुस्ताङको चराङ पुगेका मन्त्री भट्टराईले यस्तो बताउका हुन्।
संसारका अग्ला-अग्ला स्थानमासमेत विमानस्थल निर्माण भएको उल्लेख गर्दै मन्त्री भट्टराईले चराङमा पनि विमानस्थल निर्माण गर्ने प्रष्ट पारे। चराङमा विमानस्थल निर्माण गर्न एक वर्षअघि सरकारले प्रारम्भिक सर्बे गरिसकेको र अब छिट्टै प्राविधिक टोली पठाएर विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर¬) तयार गरिने स्थानीयवासीलाई आश्वास्त पारे।
मन्त्री भट्टराईले विमानस्थल निर्माण हुनसके धार्मिक पर्यटन तथा विदेशी पर्यटकको आवागमन वृद्धि हुने दाबी गरे। ‘पोखरा–काठमाडौंबाट हेली तथा प्लेन चढेर आउने स्वदेशी तथा बिदेशी पर्यटक जब चराङ अवतरण हुन्छ तब प्लेनबाट बाहिर निस्किदा अद्भुत दृष्य देखेर स्वर्गमै पुगेको महशुस गर्नेछन्’, मन्त्री भट्टराईले भने,‘प्लेन चढेर आउने पर्यटकका लागि दामोदरकुण्ड र कोरलानाका टाढा छैन। बिमान स्थल सेवा भएपछि स्वदेशी तथा भारतीय पर्यटक दामोदरकुण्ड पुजा गर्न आउछन् ।’