जिपबाट खसेर बैतडीमा एकको मृत्यु

जिपबाट खसेर बैतडीमा एकको मृत्यु

बैतडी : जिपबाट खसेर बैतडीमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका-७ किम्तोलीका  १५ वर्षे सुबास चन्द रहेका इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी नायव निरीक्षक बीरभद्र खडायतले जानकारी दिए। 

आइतबार साँझ किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गर्दा जिपको पछाडि झुण्डिएका चन्द खसेर घाइते भएका थिए। घाइते चन्दलाई उपचारका लागि साँझ नै डडेल्धुरा अस्पताल पुर्‍याएको र उपचारपछि घरमा ल्याएको बताइएको छ। 

तर, चन्दको अस्पतालबाट फर्केपछि राति नै मृत्यु भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ। म १ ज १६८ नम्बरको जिपको पछाडि झुण्डिएर यात्रा गरिरहेका बेला चन्द खसेका प्रहरीले जनाएको छ। घटनाबारे थप जानकारी लिन इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.