म अन्‍तरघातको नामै सुन्‍न चाहन्‍न : देउवा

म अन्‍तरघातको नामै सुन्‍न चाहन्‍न : देउवा

भक्तपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले अन्तरघातको नामै सुन्न नचाहेकाले आसन्न उपनिर्वाचनमा कांग्रेसलाई जिताउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

शुभ दीपावली २०७६, नेपाल संवत् ११४० नयाँ वर्ष (न्हुदँ) तथा छठको अवसरमा नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले सोमबार गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त निर्देशन दिएका हुन्। उनले उपनिर्वाचन कांग्रेसको लागि जीवनमरणको प्रश्न भएको जिकिर गरे।

‘म अन्तरघातको नामै सुन्न चाहन्न’, सभापति देउवाले भने, ‘यो जीवनमरणको प्रश्न छ। त्यसैले सबै एकजुट भएर चुनावमा लाग्नुपर्छ।’उनले भक्तपुरको चाहनाअनुसारकै व्यक्तिलाई उपनिर्वाचनको टिकट दिइने स्पष्ट पारे।

भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश क मा यहीं आउँदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचनको लागि भक्तपुर कांग्रेसले सहमति जुटाउन नसकेपछि आकांक्षी दसजनाको नाम केन्द्रमा सिफारिस गरेर पठाएको छ।

जसमध्ये कांग्रेस केन्द्रले सबैसँग छलफल गरे भरसक भक्तपुरले चाहेको उम्मेदवारलाई टिकट दिने तर कुनै पनि हालतमा भक्तपुरका कांग्रेसलाई चुनाव जिताउन सभापति देउवाले जोड दिए। उनले महंगी अचाक्ली बढेकोसमेत सुनाए। 

सभापति देउवाले सरकारले विधेयकमार्फत व्यक्तिगत सम्पत्तिको रुपमा रहेको जग्गामा नियन्त्रण गर्न खोजेको भन्दै आक्रोश पोखे।

संविधानमै मौलिक हकको रुपमा रहेको जग्गा जमिनबाट व्यक्तिहरुलाई हटाउने षड्यन्त्र भइरहेको उनको भनाइ थियो। मुलुक अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको भन्दै उनले कम्युनिष्ट सरकारलाई जवाफ दिन आउँदो उपनिर्वाचनमा कांग्रेसले जित्नै पर्ने स्पष्ट पारे।

‘कम्युनिष्ट सरकारले जनताले तिर्नै नसक्ने गरी कर बढाएको अवस्था छ’, सभापति देउवाले थपे, ‘अर्कोतिर उपभोक्ता समितिको नाउँमा यत्रो भ्रष्टाचार बढेको छ। वर्णन नै गर्न नसकिने भएको छ। त्यसैले यसबाट मुक्ति पाउन जनताले उपनिर्वाचनमा कांग्रेसलाई जिताएर देखाउनु पर्छ।’ 

त्यस्तै उनले भक्तपुर कांग्रेसद्वारा प्रकाशित जय नेपाल स्मारिकासमेत विमोचन गरे। 

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, क्षेत्र नम्बर १ का सभापति जीवन खत्री र क्षेत्र नम्बर २ का सभापति नारायणभक्त खायमलीले उपनिर्वाचन जित्ने गरी भक्तपुर कांग्रेस क्रियाशील भइरहेको बताए।

उनीहरुले भक्तपुरमा पुनः कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने गरी काम भइरहेको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.