बैतडीका विद्यार्थीले गरे सयपत्री फूलमाथि अनुसन्धान

बैतडीका विद्यार्थीले गरे सयपत्री फूलमाथि अनुसन्धान

बैतडी : गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजमा अध्ययनरत विद्यार्थीहरुले सयपत्री फूलमाथि अनुसन्धान गरेका छन्। सयपत्री फूल कसरी धेरै उत्पादन गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरेको विद्यार्थी नरेन्द्र साहुले जानकारी दिए।

सयपत्री फूलको बोटलाई टुपोलाई काटेपछि बोटमा धेरै हाँगा हुने र त्यो बोटमा बढी फूल फुल्ने गरेको पाइएको उनले बताए। ‘सिधा गइरहेको बोटको टुप्पोलाई काटेपछि बोटमा धेरै हांगाबिंगा हुन्छन्। त्यो बोटमा फूल बढी फुल्ने हाम्रो अनुसन्धानले देखाएको छ, यो अनुसन्धनलाई पिन्चिङ इफेक्ट भन्ने गरिन्छ’, उनले भने।

एउटा बोटमा ५५ देखि ६४ वटासम्म फूल फूलेको अनुसन्धानमा संलग्न विद्यार्थी श्रद्धा मल्लले बताइन्। ‘हामीले गरेको अनुसन्धानमा सयपत्री फूलको बोटमा ५५ देखि ६४ वटा फूल सम्म फूलेको पाइएको छ, यसले किसानहरुलाई पुष्प खेतीमा लाग्न प्रेरणा दिने हाम्रो विश्वास छ’, उनले भनिन्।

बीएससी एजी आठौं सेमेस्टरका पाँच जना विद्यार्थीहरुले प्रयोगात्मक कक्षा अन्तर्गत सयपत्री फूलमा अनुसन्धान गरेको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले जनाएको छ। १२० वर्गमिटर जमिनमा ५ सय सयपत्री फूलका बोट रोपेर अनुसन्धान गरिएको हो। 

अनुसन्धानमा नरेन्द्र साहु, कमल पहराई, विरेन्द्र चौधरी, श्रद्धा मल्ल र भावना अर्याल सहभागी भएका थिए। अनुसन्धानका लागि रोपिएको फूललाई धनगढीसम्म बिक्रि गरिएको साहुले जानकारी दिए । प्रतिकिलो सय रुपैयाँ दरले सयपत्री फूल बिक्रि गरेको उनले बताए। 

नजिकैको गोकुलेश्वर बजार र कैलालीको धनगढीमा समेत बिक्रिका लागि फूल पठाएको विद्यार्थीहरुले बताएका छन्। गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका विद्यार्थीहरुले सयपत्री फूलमा गरेको अनुसन्धानले फूलखेतीबाट आत्मनिर्भर बन्न सकिने कुरा देखाएको कलेजका उपप्राध्यापक रमेश उप्रेतीले बताए । 

तिहारको बेला फूलको माग बढ्दै गएकाले विद्यार्थीहरुले प्रयोगात्मक कक्षा अन्तर्गत गरेको अनुसन्धानले पुष्प खेतीमा लाग्ने स्थानीय किसानहरुलाई पनि प्रेरणा दिएको कलेजका प्राचार्य परमानन्द जोशीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.