बलात्कार आरोपमा अखिलका केन्द्रीय सदस्य राई पक्राउ
काठमाडाैं : बलात्कार आरोपमा गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका छन्। पीडितको उजुरीपछि राईलाई महानगरिय प्रहरी परिसरले मंगलबार विहान पक्राउ गरेको हो।
परिसर प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार १८ वर्षिया पीडित किशोरीले सोमबार आफूमाथि राईले बलात्कार गरेको आरोप लगाएकी छन्। पीडितको बयानका आधारमा मेडिकल जाँच लगायतका अन्य अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए।