तराई-मधेसमा मेरो प्रेम घटेको छैन : प्रचण्ड

तराई-मधेसमा मेरो प्रेम घटेको छैन : प्रचण्ड

महोत्तरी : नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले तराई-मधेसमा आफ्नो प्रेम जहिल्यै उस्तै रहेको बताएका छन्। 

महोत्तरीको पिपरा गाउँपालिका स्थित उपनिर्वाचन केन्द्रित छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले तराई मधेसको जनतासँग आफ्नो प्रेम कहिल्यै कम नभएको बताएका हुन्। 

‘तराई मधेसको जनतासँग मेरो प्रेम पहिले जसरी थियो, त्यो प्रेम निरन्तर कायम रहन्छ।’ अध्यक्ष प्रचण्डले आफू तराई मधेसबाट नै जितेर प्रधानमन्त्री बनेको र आगामी दिनमा समेत आफूलाई तराई मधेसका जनतासँग प्रेम रहने प्रष्ट पारे।

पिपरा गाउँपालिकामा हुन लागेको उपनिर्वाचन लक्षित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले सुशासनको पक्ष र भ्रष्टाचारविरुद्धमा अभियानमा मत हाल्ने सुनौलो अवसरलाई सुनिश्चित गर्न आग्रह गरे। 

‘अघिल्लो निर्वाचनमा के भयो, त्यो छोडदिनुस् अब तपाईंले कस्तो जनप्रतिनिधि रोज्नुहुनेछ, त्यो तपाईको हातमा छ’, उनले भने, ‘त्यसैले पिपराको मुहार फेर्न र ऐतिहासिक गाउँलाई समृद्धिका लागि नेकपामा मतदान गर्नुस्।’ उनले निर्वाचनमा भ्रष्टाचारले जित्छ की सुशासनले भन्ने प्रमुख विषय भएको उल्लेख गरे।
 
देशमा प्रदेश-२ बाटै पहिले रेल गुड्ने बताउँदै अध्यक्ष ‘प्रचण्ड’ले नेपाललाई विकासका लागि भारत र चीन  द्विपक्षीय सहमतिबाट देश अघि बढेकोले देशको मुहार छिट्टै परिवर्तन हुने विश्वास व्यक्त गरे। उनले समृद्ध देशका लागि पहाडबाट सामन्ती पहाडीया शासक र मधेसबाट समान्ती शासकलाई हटाउन जनता लाग्नुपर्ने बताए। 

संविधान संशोधनमार्फत तराई मधेसको माग सम्बोधन हुनेमा विश्वस्त बनाउँदै प्रचण्डले भने, ‘विगतमा पनि मेरै नेतृत्वमा संविधान संशोधनको विषयमा भोटिङ भएको थियो, तर हामी असफल भयौं, अब हाम्रो दुई तिहाई छ, अब हामी समायानुकुल संविधान संशोधनको विषयमा हामी गम्भीर छौं, आवश्यक अनुरुप संविधान संशोधन हुन्छ।’

नेकपाका महासचिव विष्णु पौडेलले असल चरित्रका व्यक्तिलाई निर्वाचनमा निर्वाचित गर्न आग्रह गर्दै नेकपाको सरकारले देश परिवर्तन गर्न लागेझैं पिपराका नेकपा उम्मेदवार जिताएर नमुना गाउँपालिका बनाउनेतर्फ लाग्न आग्रह गरे। 

देशमा व्यवस्था परिवर्तन गर्न नेकपाले लामो संघर्ष गरेको बताउँदै प्रदेश -२ को सबैभन्दा ठूलो पार्टीको रुपमा नेकपा रहेपनि बहुमत नरहेका कारण सरकार बनाउन असफल रहेको रहेको बताउदै प्रदेश-२ को नेतृत्व पनि अब नेकपाले लिन चाहेको स्पष्ट पारे। उनले प्रदेश २ सरकारको क्रियाकलापलाई नियालिरहेको र यस्तो अवस्थामा आफूहरु चुप लागेर नबस्ने बरु विकल्प खोज्ने संकेत गरे। 

शिक्षा, विज्ञान तथा प्रविधिमंन्त्री गिरिराजमणि पोखरेलले नेपालमा जनक, गार्गीको इतिहास बारे चर्चा गर्दै कविकोकिल विद्यापतिलाई राष्ट्रिय कविको रुपमा स्थापित गर्न सरकार लागेको बताए। 
नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले जनकपुरबाट शासन गर्ने सरकार विभेदकारी भएको बताए। 

‘पहिल्यै संघीय सरकारबाट विभेद भयो भनेर भनियो’, उनले भने, ‘तर अब यहीको सरकारबाट विभेद भयो, अब के भन्ने ?’ उनले मधेसवादी दल भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै भने, ‘सामन्तवाद समापन भएपनि समान्तवादी सोच कायमै छ, जुन मधेशमा देखिन थालेको छ।’ कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५ सय ६३ जनाले नेकपा प्रवेश गरेका थिए।  

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.