महराविरुद्ध आजै अदालतमा मुद्दा, कसुर प्रमाणित भए के हुन्छ ?

महराविरुद्ध आजै अदालतमा मुद्दा, कसुर प्रमाणित भए के हुन्छ ?

काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार नै अभियोगपत्र दायर हुन लागेको छ। बलात्कार प्रयासको आरोपसहित महराविरुद्ध अभियोगपत्र दायर गर्न लागिएको हो। 

प्रहरीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले महराविरुद्ध संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयासको आरोपसहित अभियोगपत्र दायर गर्न लागेको कार्यालयका एक कर्मचारीले जानकारी दिए।

 महरा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जीको अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको थियो।

 गत असोज २८ गते जिल्ला अदालत काठमाडौंले महरालाई पहिलो पटक (पक्राउ परेदेखि १३ दिन) थुनामा राख्न म्याद दिएको थियो। त्यस्तै प्रहरीको अनुसन्धान नसकिएपछि कार्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो।  

अनुसन्धान सकिएपछि प्रहरीले  आइतबार प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो। प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलले आज नै महराविरुद्ध अभियोगपत्र दायर गर्न लागेको हो। 

कसुर प्रमाणित भए ?

प्राप्त प्रमाणहरूका आधारमा दोषी ठहर भएमा महराले कैद सजाय भोग्नुपर्नेछ। जवर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरेर कैद हुने व्यवस्था छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। 

एउटा भिडियोमा महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र अर्को भिडियोमा कोठामा आउँदै नआएको बताएकी ती महिलाले उजुरी दिँदा भने 'बलात्कार प्रयास गरेको' भनेकी छन्।
अपराध शास्त्रमा यसलाई अपूर्ण अपराध (inchoate offence) भनिन्छ। यो भनेको 'अपराध पूरा नभएको तर प्रयास गरेको' अवस्था हो।  दफा ३४ मा यस्तो अवस्थामा आधा सजाय हुने व्यवस्था छ। 

बलात्कार कसुरमा ७ देखि १० वर्ष सजाय भएमा प्रयास गरेको अवस्था पुष्टि भएमा साढे ३ देखि ५ वर्ष सजाय हुन सक्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.