सहिदका बुबा मंगले रहेनन्

सहिदका बुबा मंगले रहेनन्

रोल्पा : सशस्त्र युद्धमा छोरा गुमाएका रोल्पाका मंगले बुढामगरको मृत्यु भएको छ। लामो समयदेखि रोगले थलिएका ८२ वर्षिय बुढामगरको सुनछहरी गाउँपालिका–७ जेलबाङ आफ्नै घरमा बुधबार राती निधन भएको हो।

गए राती १० बजे उनको मृत्यु भएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले जानकारी दिए। उनको मृत्युले जेलबाङी शोकमा डुबेका छन्। मगर जातिको संस्कार अनुसार बिहीबार अन्त्यष्टि गरिने भएको छ। पतिको मृत्यु भएपछि मंगलेका पत्नी फुर्सी सहाराविहिन हुन पुगेकी छन्।

युद्धमा होमिएको छोरा भुवनको मृत्यु भएपछि मंगले र फुर्सी दम्पत्ति सहाराविहिन बनेका थिए। सानो एकतले झुपडीमा कष्टकर जीवन गुजार्दै आएका दम्पत्तिको दिनचर्य सञ्चारमाध्यम (विविसीको साझा सवाल) मा आएपछि उनीहरुको चर्चा चुलिएको थियो।

चरम गरिबी र अभावमा जीवन बिताउँदै आएका उनीहरुको अवस्था देखेर फर्किएपछि उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले सहिदको बुबाको घर बनाउन पहल गरेका थिए। नेता पुनको पहलमा गत वर्ष चिटिक्क परेको घर वनेको थियो। नयाँ घरमा उनले एक वर्ष पनि बिताउन पाएनन् ।

नयाँ घरमा सर्दै गर्दा उनी बिरामी थिए। उनको उपचारसमेत हुन सकेको थिएन। नेताहरुको पहलमा नै उनको उपचार भएपनि निको हुन सकेको थिएन। अन्ततः उनको मृत्यु भएको छ।

बुढ्यौली अस्थामा पुगेकी मंगलेका पत्नी फुर्सी टोलाईरहेकी छन्। एक मात्र छोराको मृत्युले रित्तिएको आँसु पतीको मृत्युले पुनरावृत्त गराएको छ। सोकको घडिमा जनप्रतिनिधि, गाउँले र इष्टमित्र मंगलेको दाहसंस्कारका लागि भेला भएका छन्। 

जेलबाङमा युद्धताका देशभरमै सबैभन्दा धेरै व्यक्तिको मुत्यु भएको थियो । युद्धको समयमा एकै गाउँबाट ७३ जनाले ज्यान गुमाएका थिए। राज्यपक्षबाट ६३ र तत्कालीन विद्रोही माओवादी पक्षबाट १० जना जेलबाङीकोमृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.