धादिङमा जिप दुर्घटना, २३ घाइते
धादिङ : धादिङमा बोलेरो जिप दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। गजुरी गाउँपालिका - २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा बिहीबार ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जिप पल्टिएको हो। जिपमा ३० जना सवार रहेको प्रहरीले जनाएको छ।
कच्ची सडकबाट करिब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ। थप विवरण आउन बाँकी छ।