भक्तपुरमा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने

भक्तपुरमा साझा पार्टीले सुरज प्रधानलाई उम्मेदवार बनाउने

काठमाडौं : साझा पार्टीले भक्तपुर क्षेत्र नं‍. १ मा २८ वर्षीय सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ। भक्तपुर जिल्ला संयोजकको रुपमा सक्रिय रहेका प्रधानलाई पार्टीले प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए।

विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री इट्टा उत्पादनको व्यवसाय गर्छन्। प्रधानले निर्वाचित भएको खण्डमा पुरै तलब आफ्नो निर्वाचन क्षेत्र भित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने बताएका छन्।

सांसदले राज्य दोहन गरेर होइन नीतिगत तहमा सुधार ल्याएर आफ्नो निर्वाचन क्षेत्रको हित गर्नुपर्छ भन्नेमा आफू दृढ रहेको प्रधानले बताए। साझा पार्टीले आउँदो शनिबार दाङ निर्वाचन क्षेत्र नं ३ (ख) को प्रदेशसभा उम्मेदवार घोषणा गर्ने आचार्यले बताए। 

प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मतिष्तघातका कारण उपचारका क्रममा सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको थियो। उनी नेकपा एमालेकोतर्फबाट भक्तपुर क्षेत्र नं १ का प्रदेशसभा सदस्य थिए। खालि रहेको उक्त स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.