बैतडीमा दुर्घटना, तीन जना घाइते

बैतडीमा दुर्घटना, तीन जना घाइते

बैतडी : महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ-गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका-४ खम्तोलामा बस र जीप एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। दार्चुलाबाट काठमाडौंका लागि छुटेको ना ६ ख १२२३ नम्बरको बस र दार्चुलातर्फ गइरहेको से १ ज २९५ नम्बरको जिप बिहीबार दिउँसो १ बजेतिर एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा दार्चुलाको दुहुँ गाउँपालिका-५ का ४२ वर्षीय रणबहादुर बम, बैतडीको डिलाशैनी गाउँपालिका ३ का ४२ वर्षीय गोपाल औजी र उनकी ४० वर्षीया श्रीमती तारा औजी सामान्य घाइते भएको खोचलेक प्रहरी चौकीका इन्चार्ज शंकरदत्त भट्टले जानकारी दिए। घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। 

बस र जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साघुँरो सडक, तीव्र गति र घुम्तीमा हर्न नबजाएका कारण बस र जिप एक आपसमा ठोक्किएका इन्चार्ज भट्टले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.