राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउँदै ट्वीटर
![राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउँदै ट्वीटर](https://annapurnapost.prixacdn.net/media/albums/jack-dorsy_20191031112418_YqI1FFRo6q.jpg)
वासिङ्टन : ट्वीटरले विश्वव्यापी रुपमा गरिँदैआएको राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउने भएको छ ।
ट्वीटरका मालिक ज्याक डोर्सीले ट्वीटरमार्फत गरिने विज्ञापनमा प्रतिबन्ध लगाउने जानकारी दिएका हुन् । ट्वीट गर्दै उनले राजनीतिमा ठूलो जोखिम निम्त्याउने भन्दै यस्तो नियम ल्याएको बताएका छन् ।
ट्वीटरको प्रतिद्धन्द्धी मानिने फेसबुकले भने राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने कुराको खण्डन गरेको बिबिसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)