लप्सीफेदीमा बस दुर्घटना : तीनको मृत्यु, ५७ घाइते (अपडेट)

लप्सीफेदीमा बस दुर्घटना : तीनको मृत्यु, ५७ घाइते (अपडेट)

काठमाडौं : राजधानीको लप्सीफेदीमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार मेलम्चीबाट काठमाडौंतर्फ आइरहेको बा ५ ख ५०७० नम्बरको बसको ब्रेक फेल भएर दुर्घटना भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए।

सिंहले बस दुर्घटनामा ५७ जना घाइते भएको बताए। गम्भीर घाइते भएका २ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। ‘खचाखच भरिएको बस लप्सीफेदीस्थित मोडमा ब्रेक नलागेपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।, उनले भने,‘घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाएका छौं।’

डीएसपी सिंहका अनुसार घाइतेमध्ये २५ जनाको लाइफ केयर हस्पिटरल, ३० जनाको सुश्मा मेमोरियल हस्पिटलमा उपचार भइरहेको छ। मृतकको सनाखत हुन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.